आज खण्डग्रास सूर्यग्रहणः कुन राशिलाई राम्रो, कुन राशिलाई नराम्राे ?

  • असार ७, २०७७ | ५८८ पटक पढिएको | सीमा संदेश
alt

आज वर्षको पहिलो खण्डग्रास सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ ।

सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी र वृद्धवृद्धाले खुला आकाशमा सूर्यतर्फ हेर्न नहुने सुझाव ज्योतिषले दिएका छन् । सूर्यग्रहणको शूतक भने शनिबार राति १० बजेर ५० मिनेटदेखि नै सुरु भइसकेको छ ।

कुन राशिलाई राम्रो, कुन राशिलाई नराम्राे ?
ज्योतिषशास्त्रअनुसार खण्डग्रास यो सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशिका मान्छेहरूका लागि राम्रो छ । वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशिका व्यक्तिका लागि अशुभ रहेको ज्योतिषहरूले बताएका छन् । मेष राशिका व्यक्तिलाई श्रीप्राप्ति, सिंह राशिका व्यक्तिलाई लाभ हुने, कन्यालाई सुख र मकर राशिलाई पनि सुख रहेकोे सूर्य पञ्चांगले जनाएको छ ।

यस्तै, मृगशिरा नक्षत्र, आद्र्रा नक्षत्र र मिथुन राशिका व्यक्तिहरूले ग्रहण अवलोकन गरेमा अति कष्ट हुने ज्योतिष सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । ज्योतिषशास्त्रले राशिफलका आधारमा ग्रहण हेर्न हुने र नहुने बताए पनि खगोल विज्ञानले यसलाई अवैज्ञानिक तर्कका रूपमा लिँदै सुरक्षित लेन्सको प्रयोगले ग्रहण हेर्न सकिने बताएको छ ।

याे ग्रहण इतिहासकै दुर्लभ सूर्यग्रहण हाे । यसलाई किन दुर्लभ ग्रहण भनिएको हो त ?एक त सूर्यलाई झन्डै ९० प्रतिशत ढाक्ने गरी लाग्ने ग्रहण, अर्को बार पनि रविवार अर्थात् सूर्यकै बार परेको छ । साथै ग्रहणका समयमा दुई नक्षेत्र (मृगशिरा र आरद्रा) परेका छन् । यस्तो विरलै पर्ने हुँदा दुर्लभ भनिएको हो ।

यो विशेष किसिमको ग्रहण भएकाले कोरोना महामारीले आतंकित बनाइरहेका बेला झनै अन्य प्राकृतिक विपत् आउने हो कि भन्ने भन्ने भय एकातिर छ भने अर्कोतिर ग्रहणपछि सबै कुरा मत्थर हुँदै जान्छ कि भन्ने झीनो आशा पनि पलाएको देखिन्छ ।

वैज्ञानिक दृष्टिमा ग्रहण लाग्नु खगोलीय एक घटना हो तर यस बेला पृथ्वीमा नकारात्मक विकिरण प्रवाह हुने कुरा वैज्ञानिकले पनि स्वीकारेका छन् । यस विकिरणले मानवस्वास्थ्यमा नराम्रो असर गर्छ । त्यसैले सोझै आँखाले ग्रहणतिर हेर्नुहुँदैन ।

यसपालिको सूर्यग्रहण मिथुन राशिमा लाग्ने र राहु पनि मिथुन राशिमा भएकाले राहु मिथुन राशिबाट ननिस्केसम्म परिस्थिति अनुकूल हुँदैन । यस प्रसंगमा भारतका ज्योतिषाचार्य डा. राजनाथ झाले एक अनलाइन मिडियामा उल्लेख गरेका छन्– राहु मिथुन राशिबाट निस्किएपछि परिस्थिति बिस्तारै अनुकूल हुँदै जान्छ ।

पूर्वीय ज्योतिष सिद्धान्तअनुसार राहु–केतुकै कारण ग्रहण लाग्ने हुन्छ । त्यसैले राहु मिथुन राशिमा रहुन्जेल परिस्थिति अनुकूल नहुन सक्ने देखिन्छ । राहु आगामी भदौ २५ गते वृष राशिमा सर्छ । त्यसपछि कोरोना महामारी पनि साम्य हुने अनुमान गर्न सकिन्छ ।

ग्रहणका समयमा आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न दुर्गा चालिसा या श्रीमद्भागवत गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ । यस्तै, साढे सातबाट चिन्तामा रहेका मानिसले शनि देवको जप गर्नु उत्तम हुने भनाइ छ ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब