सिरहा नगरपालिकाद्धारा एसपी चतुर्वेदीलाई विदाई

  • असार ७, २०७७ | ७३० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा प्रहरी प्रमुख उपरीक्षक (एसपी) उमा प्रसाद चतुर्वेदी सिरहाबाट सरुवा हुनु भएको छ । सिरहा नगरपालिकाद्धारा एक कार्यक्रम आयोजना गरी सिरहा जिल्ला प्रहरी उपरीक्षक ( एसपी ) चतुर्वेदीलाई सामानका साथ विदाई  गरेको छ । आफ्नो कार्यकालमा सिरहाको शान्ति सुरक्षा कायम गर्न र अपराध नियणत्रण गर्न सहासिक भूमिका निर्वाह गर्नु भएकोमा जिल्लाभरि नै उहाँँको कार्यको प्रशंसा हुन भईरहका छन् ।
सिरहा नगरपालिका असेश्वर प्रसाद यादबले एसपी चतुर्वेदीको खुलेर प्रशंसा गर्दै भन्नुभयो, उहाँले समग्र सिरहाकै पक्षमा राम्रो काम गरेर जानु भयो सड्क फराकिलो गर्न तत्कालिन प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र एसपी चतुर्वेदीले सघाउनुभयो । सिरहा जिल्लामा आएको बाढी तथा कोरोना महामारीमा पनि एसपी सहायबको भुमिका सक्रिय साथ स्थानियतहरुसँग समन्यकारी रहियो । समग्रमा उहाँको कार्यकाल सफल नै रहयो । आगमी दिनहरुमा पनि सफलता चुमोस शुभकाना पनि दिनु भयो ।

सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले समेत मुक्तकण्ठाले एसपी चतुर्वेदीको कार्यकालको सराहना गर्दै उहाँले दलीय नेताको अनुहार नहेरी प्रहरीले गर्नुपर्ने काम शालिन तरिकाले गरेर जानुभयो ।  जिल्लामा आएको हरे विपदको वेला हामीहरुसँग अहोरात खटी सिरहा वासीलाई सेवा गरेको छ । कोरोना महामारीकै वेला सरुवा भएपछि हामी सिरहा नगरपालिका कर्मचारी दुःखी भएका छौँ । महामारीमा एसपी सहाबको भुमिका याद गार छ, हामी कर्मचारी बिच । जहाँ गएपनि यस्तै नै सफत पाईरहोस् शुभकाना  पनि दिनु भयो ।

विदाई कार्यक्रममा भवभुक हुदै जनताको सेवक भएकोले सरकारले जहाँ पठाए म जान सदैव तयार रहन्छु एसपी चतुर्वेदीले बताउनु भयो । सिरहा जिल्लाको बारेमा जसरी केन्द्रिका साथिहरु सोच छन, त्यस्तो अवस्था यहाँ छैन । सिरहावासी सहयोगी तथा एकदम मिलनसार छन ।

जिल्लामा शान्ति सुरक्षा कायम सँगसगै धेरै कार्यहरु भएको छ । तर मेरो रोहोवरमा १० हजार देखी १२ हजार सम्म लागू पदार्थ दुरव्यशनमा लागेका युवाहरु पहिचान भएको छ । यस दुरव्यशनलाई नियन्त्रण गर्न सिरहाका स्थानियतहहरुको संक्रिया हुन जरुरी रहेको चतुर्वेदीले बताउनु भयो ।

कार्यक्रममा सिरहा नगरपालिका उपमेयर नमिता यादब, वडा न. ११ वडाअध्यक्ष विनोद कामती लगायत कर्मचारीहरु उपस्थिति रहेको थियो ।

104984798_577942793117706_4088484806127241934_n

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब