कोरोना संक्रमितमा औषधि परीक्षणको तयारी

  • असार १६, २०७७ | २५३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं, (नेस) कोरोना संक्रमणको औषधि पहिचान र उपचार पद्धतिलाई सहज बनाउन विश्वले नै विभिन्न औषधिको परीक्षण गर्दै आइरहेका बेला नेपालले पनि कोरोना संक्रमितलाई विभिन्न प्रकारको औषधि परीक्षण गर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठन तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा सरकारले तोकेका कोरोना अस्पतालमा कोरोना संक्रमण भई उपचार गराइरहेका बिरामीमा औषधि परीक्षण गर्ने तयारीमा नेपाल जुटेको छ ।

नेपालले परीक्षण गर्न लागेका औषधिहरु अन्य रोग लागेका बेला प्रयोगमा आइरहेका र कोरोना संक्रमणलाई न्यूनीकरणमा के कतिको प्रभावकारी हुन्छ भन्नेबारेमा अध्ययन अनुसन्धानकै लागि उद्देश्यले प्रयोग गर्न लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले बताउनुभयो ।

कोरोना संक्रमितमा परीक्षण गरिन लागेका औषधिहरु विश्व स्वास्थ्य संगठनले स्वीकृत दिएको इबोला रोगविरुद्ध प्रयोग हुने रेम्डेसिभिर, एचआईभी एड्समा प्रयोग हुने लोपिनाविर र रिटोनाविर, डेक्सामेथासोन भएको डा. धिमालले बताउनुभयो । १५ वटा कोभिडका लागि तोकिएका अस्पतालमा उपचाररत झन्डै ८ सय बिरामीमा यो परीक्षण गर्ने लक्ष्य रहेको डा. धिमालले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले यसअघि १ सयभन्दा बढी मुलुकलाई परीक्षणको स्वीकृति दिइसकेको छ र कोरोना संक्रमितमा सुधार आएको पनि उल्लेख गरिएको छ । हाल विश्व स्वास्थ्य संगठनले अनुसन्धानका लागि मात्र स्वीकृति दिएकाले नियमित औषधि प्रयोगमा भने आएको छैन ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब