भारतीयलाई नागरिकता दिलाउने अधिकृत कारागार चलान

  • असार २३, २०७७ | ४३२ पटक पढिएको | सीमा संदेश
alt

झापा । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा कारागारमा राखिएको छ ।

झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले वि.सं. २०७२ मङ्सिर १० गते भारतीय नागरिक मुस्तफा आलमलाई झुटा विवरणको आधारमा ०४–०१–७२–०३९० नम्बरको नेपाली नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

झुटा विवरणमा नागरिकता बनाइदिएको खुलासा भएपछि फरार रहेका आचार्यलाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले यही असार २० गते काठमाडौँको गोठाटारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी झापा ल्याएको थियो ।

नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा ३ बमोजिम अभियुक्त आचार्यले गरेको कसुर प्रमाणित भएमा उनलाई पाँच वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रहरीका सूचना अधिकारी थापाले बताए ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब