जाजरकोटमा पहिरो : दुई घर बगाउँदा १२ जना बेपत्ता

  • असार २६, २०७७ | २२४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । जाजरकोटमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा १२ जना बेपत्ता भएका छन् ।

बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार पहिरोले घर बगाउँदा घरमूली ५२ वर्षीय गोपालसहित उनको ५० वर्षकी श्रीमती पुष्पा, १३ वर्षकी छोरी लक्ष्मी र ११ वर्षका छोरा अर्जुन बेपत्ता भएका छन् ।

यसैगरी पहिरोले घर बगाउँदा घरमुली कलु सार्कीसहित उनको १४ वर्षकी छोरी तीर्थ, ११ वर्षकी छोरी कमला र ६ वर्षका छोरा सुवास सार्की बेपत्ता भएको उनले बताए ।

यस्तै कलुकै घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीकी गौरी, १६ वर्षकी कविता र १८ वर्षका वीरेन्द्र सार्की पनि बेपत्ता भएका छन् ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थल तर्फ गइसकेको डीएसपी श्रेष्ठले बताए ।

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धन

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब