नेपालीमाथि दुव्यर्वहार, कारबाही गर्ने मुख्यमन्त्रीको वचन

  • साउन २, २०७७ | २८१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर भारतको बनारसमा एक नेपालीमाथि दुव्यर्वहार भएको छ ।

विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेका छन् । उनी उनलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दावादको नारा लगाउन लगाएका छन् ।

घटनाको भिडियो फुटेज विश्व हिन्दु सेना आफैंले सार्वजनिक गरेको छ । लगत्तै विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध प्रहरीले एफआईआर दायर भएको छ ।

यसैबीच नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि घटनाबारे चासो देखाएको छ । नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका छन् ।

यस्तो घटनालाई लिएर दुई देशको सम्बन्ध बिग्रन नदिने विषयमा मुख्यमन्त्रीसँग छलफल उनले जानकारी दिए । ‘मुख्यमन्त्रीले घटनामा संलग्नलाई सख्त कारवाही गर्छु भन्नुभएको छ’ राजदूत आचार्यले अनलाइखबरसँग भने, ‘नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपालीहरू असुरक्षित हुनुहुँदैन भन्नेमा उहाँ सहमत हुनुहुन्छ ।’

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धन

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब