इन्जिनियरको मृत्यु भएपछि जनकपुरमा खानेपानी मन्त्रीको पुत्ला दहन

  • साउन २, २०७७ | २८४ पटक पढिएको | सीमा संदेश
alt

जनकपुर । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा इन्जिनियर सतिश कुमार गोइतको मृत्यु सरकारकै लापरवाहीका कारण भएको भन्दै युवाहरुले खानेपानी मन्त्री विना मगरको पुत्ला जलाएका छन् ।

शुक्रबार जनकपुरको भानु चोकमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीमा आबद्ध युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी लगाउँदै खानेपानी मन्त्री मगरको पुत्ला जलाएका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा २५ वर्षीय इन्जिनियर गोइतको मृत्यु भएको थियो । सरकारको लापरवाहीका कारण उनको मृत्यु भएकाले आफूहरुले विभागीय मन्त्रीको पुत्ला जलाएको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले बताए ।

उनले मृतकको परिवारलाई क्षतिपूर्ती र न्यायाका लागि घटनाको निष्पक्ष छानविन गर्न सरकारसँग माग समेत गरे । मेलम्चीको निर्माण कमसल र गुणस्तरहीन भएको कारण ईन्जिनियर सतिशको मृत्यु भएको उनको भनाइ छ । 

मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरुङको १७ नम्बर गेट फुट्दा २ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २ मध्ये इञ्जिनियर गोइतको शव बुधबार अपराह्न ४ बजे फेला परेको थियो भने चालकको शव अझै बेपत्ता फेला परेको छैन । 

उनको शव मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो । अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सुरुङ निरीक्षण गरेर फर्किने क्रममा सुरुङको १७ नम्बर गेट भत्किएर आयोजनाका इन्जिनियर गोइत र चालक थापामगर मेलम्ची नदीमा बेपत्ता भएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणले यस्तो कार्य भएको भन्दै उनी विरुद्ध समेत चर्को नारावाजी गरेको थियो ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब