बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने

  • साउन ५, २०७७ | २२८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । लकडाउन खुकुलो गर्दै जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सरकारले अनुमति दिए पनि अस्वीकार गर्दै आएका व्यवसायीहरू अन्ततः सार्वजनिक यातायात सञ्चालन गर्न सहमत भएका छन् ।

सोमबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ महानगरी ट्राफिक प्रहरी महाशाखालगायत यातायात मजदूर संगठनहरूबीच भएको छलफलपछि साउन ८ गते बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको हो ।

सहमतिअनुसार यातायात व्यवसायीले सरकारद्वारा तोकिएको स्वास्थ्यसम्बन्धी सबै शर्तहरू पूरा गरी सार्वजनिक यातायात सञ्चालन गर्ने छन् । यातायात श्रमिकका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू मास्क, स्यानिटाइजर, पन्जा, पीपीई सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने छन् ।

त्यस्तै सार्वजनिक यातायात सञ्चालनका लागि मजदुरहरुको कोरोना बीमा गरिने भएको छ । त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्ने भएका छन् ।

यातायात सञ्चालका क्रममा कोरोना संक्रमणका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्न कोष खडा गर्ने र त्यसका लागि विभागले मन्त्रालयसमक्ष सिफारिस गर्ने सहमति पनि भएको छ ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्तामा सरकारको निर्णयअनुसार सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बरका मात्रै सञ्चालन हुने छन् ।

यातायत व्यवसायीहरू उठाउँदै आएका कर्जाको किस्तालगायतका माग नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सम्बोधन गरेपछि व्यवसायीहरू दबाबमा परेका थिए ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब