प्रदेश २ मन्त्रीहरुद्धारा सिरहाको बाढी प्रभावित क्षेत्र अवलोकन, समस्या सामाधानको प्रतिवद्धता

  • साउन ६, २०७७ | ४४२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको बाढी प्रभावित क्षेत्र कमला, बलना र गागंन नदीहरुको कट्ट क्षेत्र प्रदेश नं. २ को विपद् व्यवस्थापन समितिका संयोजन भौतिक पूर्वधार मन्त्री जितेन्द्र सोनल, कानून तथा गृहमन्त्री ज्ञानेन्द्र यादब र उधोग पर्यटन तथा वातावरण मन्त्री राम नरेश राई यादब र राज्य मन्त्री सुरेश मंडलले अवलोकन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा बाढी प्रभावित जोखिम युक्त ठाउँहरुलाई अवलोकन गरी तत्काल समस्या सामाधानका लागि समन्वयकारी योजनाहरु तयार गरेका छन । बाढी विपद् सामाधाना निर्देशिका- २०७७ पनि जिल्ला प्रशासन कार्यालय सिरहले तयारी परी सर्वसहमतिमा पारित गरेका छन ।

जिल्लाका सम्पूर्ण स्थानियतहका अध्यक्षहरुका उपस्थितिमा जोखिम अवस्था बारे जानकारी तथा तत्कालै गर्न पर्ने सहयोग बारे पनि छलफल गरेका छन । जिल्ला भरी संचालनमा रहेका विभिन्न परियोजनलाई भुमिकामा आउन पनि जिल्ला प्रशासन कार्यालय सिरहाको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेंलले निर्देशन दिनु भयो ।

त्यसैगरी प्रदेश २ को विपद् व्यवस्थापन समितिका सदस्य मन्त्रीहरुले जिल्ला भरी रहका जोखिम पूर्ण बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकार तत्काल र दिर्घकालिन रुपमा कार्य गर्ने प्रतिवद्धता गर्नु भयो । स्थानियतहको सरकार र प्रदेश सरकार दुवैले जनताका समस्यामा समन्वयकारी रुपमा कार्य गर्नु पर्ने धारण पनि व्यक्त गर्नु भयो । बाढी प्रभावित क्षेत्रमा तत्कालै आवश्यक पर्ने सहयोग सक्रिय हुन सबैलाई अनुरोध पनि  गर्नु भयो ।  

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब