सिरहामा भीडभाड हुने हाटबजारमा रोक

  • साउन १७, २०७७ | ३९५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाका विभिन्न स्थानमा लाग्दै आएको हाटबजारमा स्थानीय प्रशासनले रोक लगाएको छ । हाटबजारमा हुने भीडभाड र चहलपहलका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले शुक्रवार सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजारमा रोक लगाएको हो । 

शहर बजार तथा ग्रामीण भेगमा भीडभाड र चहलपहल बढ्ने गरेकाले सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी हाटबजार नलगाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । अत्यावश्यक काम नपरी बजार तथा हाटबजार नआउन आग्रह गर्दै प्रजिअ कँडेलले बजार तथा कार्यालय जानै परे अनिवार्य रुपमा मास्क लगाउन र भौतिक दूरी कायम गर्नुपर्ने बताए । 

साथै कृष्णजन्माष्टमी, रक्षाबन्धनलगायत विभिन्न चाडपर्वका बेला जिल्लाका विभिन्न मन्दिर तथा धार्मिकस्थलमा हुने मेला, महोत्सवसमेत नगर्न आग्रह गर्नुहुँदै प्रजिअ कँडेलले घरमै बसेर चाडपर्व मनाउन आग्रहसमेत गरे । 

छिमेकी सप्तरी र धनुषालगायत जिल्लामा तीव्र रुपमा कोरोना सङ्क्रमण फैलिन थालेपछि जोखिम बढेकाले सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रियाजस्ता कार्यक्रम नगर्न जिल्लाका १७ वटै स्थानीय तहलाई पत्राचार गरी आग्रह गरिएको प्रजिअ कँडेलले बताए ।  

भारतीय सीमा क्षेत्रमा लुकीछिपी भइरहेको प्रवेशमा कडाइ गरिएको बताउँदै प्रजिअ कँडेलले भारतीय बजारबाट आउने जाने क्रम बढेको गुनासो आएपछि सीमा नाका पूर्ण रुपमा बन्द गर्न कडा निर्देशन दिइएको जानकारी दिए । 

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब