सिराहाका १२ स्थानीयतहको कोभिड १९ को खर्च २० करोड भन्दा बढी

  • साउन २२, २०७७ | ५०५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाका १७ स्थानीयतह मध्ये १२ स्थानीय तहले मात्र बुझाए कोभिड १९ को  २० करोड भन्दा बढी खर्च बिबरण सार्बजनिक गरेका छ्न ।

कोभिड १९ को नाउमा ब्यापक अनियमित खर्च भएको चर्चा चलेपछि जिल्ला बिपद ब्यबस्थापन समिति सिरहाले तीन दिन भित्र खर्च बिबरण सार्बजनिक गर्न भनेपछि बिहिवार बसेका बैठकमा खर्च बिबरण सार्बजनिक गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय सिरहाको विशेष अनुरोधमा बुझाएको कोभिड १९ को खर्च विवरण समाजिक संजालहरुमा व्यपक र्चचा भईरहेको छ । आम नागरिकले जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद पनि गरिरहेको छ भने नागरिक समाजका अगुवाहरुले अस्पष्ट विवरण रहेको आलोचना पनि गरिरहेका छन । धेरैले खर्च विवरण स्पष्ट तरिकाबाट सर्वजनिक गर्नु पर्ने माग पनि गरिरहेका छन । 

एकमुष्ट रुपमा खर्च विवरण सर्वजनिक गर्नु भने भ्राष्टाचारलाई लुकाई छिपाई गर्नु मात्र भएको नेपाली कांग्रेसका स्थानिय युवा नेता सुभाष यादबले आरोप लगाएको छ । सरकारको सम्बन्धित निकायले यस विषयमा गम्भिर नभए कोभिड १९ को लकडाउन भ्राष्टाचारका स्रोत मात्र हुने स्पष्ट हुनेछ । सर्वजनिक भएका र्खच विवरणलाई स्पष्ट पारी छानभिन पनि गर्न पनि सम्बन्धित सरोकारवालालाई यादबले अनुरोध गरे ।

खर्च बिबरण सार्बजनिक गर्नेमा सिरहा नगरपालिकाले सबैभन्दा बढि ५ करोड ९० लाख ८६ हजार ४ सय ३० र सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँ खर्च गरेका छ्न ।

त्यसतै  गोलबजार नगरपालिक (१ करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ

कर्जन्हा नगरपालिका  १ करोड ४८ लाख १५ हजार ८ सय १६ धनगढीमाइ नगरपलिका(५५ लाख ९४ हजार ६ सय ३३

बिष्णुपुर गाउँपालिका( ८८ लाख ६१ हजार ७ सय १०

लहान नगरपालिका( १ करोड ९८ लाख ४० हजार ७८

बरियारपट्टि गाउँपालिका(१ करोड ५७ लाख २३ हजार ७ सय ६७

नरहा ( ७३ लाख ५९ हजार २ सय ४९

लक्षमिपुर पतारी गाउँपालिका (६९ लाख ६५ हजार ६ सय ९५

मिर्चैया नगरपालिका( १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ

औरहि गाउँपलिका(२ करोड २० लाख ८० हजार ९ सय ३०

सोही क्रममा जिल्ला स्वास्थ्य कार्यालय सिरहा( ३० लाख ८६ हजार २ सय ८८ र जिल्ला अस्पताल कार्यालय सिरहाले १ करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ खर्च बिबरण सार्बजनिक गरेका छ्न ।

खर्च बिबरण सार्बजनिक नगर्नेमा ( कल्याणपुर नगरपालिका,सुखिपुर नगरपालिका,सखुवानन्कारकट्टि गाउँपालिका,भगबानपुर गाउँपालिका र नबराजपुर गाउँपालिका रहेका छ्न ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब