नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १११ पुग्यो

  • भदौ २, २०७७ | ३७३ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डौ ।  नेपालमा कोरोना सङ्क्रमणका कारण थप ४ जनाको ज्यान गएको छ । पोखरामा दुई तथा ललितपुर र बाँकेमा एक/एक जनाको ज्यान गएको हो ।

तनहुँ र कास्कीका १/१ जनाको पोखरामा ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पोखराको वडा नम्बर १६ दीपमा बस्ने ८७ वर्षका पुरुषको आज बिहान र तनहुँ ब्यास १ की ५० वर्षकी महिलाको गएराति ज्यान गएको हो । 

ज्यान गुमाएकी तनहुँकी महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो भने  पोखराका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचार भैरहेको थियो । यस्तै ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

आज बिहान उपचारको क्रममा नवलपरासीका ३७ वर्षका पुरुषको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार गएको शुक्रबार अस्पताल भर्ना भएका पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो ।

उहाँलाई कडा निमोनिया भएपछि अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको गेलालले जानकारी दिनुभयो । यस्तै गएराति बाँकेको नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ५ का ६२ वर्षका पुरुषको पनि नेपालगञ्ज शिक्षण अस्पतालमा ज्यान गएको छ ।

ज्वरो आएपछि अस्ति आइतबार अस्पतालमा भर्ना गरिएका पुरुषको हिजो कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ११ पुगेको छ । तर आज ज्यान गुमाएका चार जनाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नियमित पत्रकार सम्मेलनमा मात्रै जानकारी दिनेछ । 

नेपालमा अहिलेसम्म ५ लाख २९ हजारको पीसीआर परीक्षण गरिएकोमा २७ हजार २ सय ४१ जनाको कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ४ सय ९५ जना निको भएका छन् । ९ हजार ६ सय ३९ जना आइसोलेशनमा र १५ हजार १ सय ९८ जना क्वरेण्टीनमा रहेका मन्त्रालयले जनाएको छ

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब