सिरहा । सिरहमा बिहीवार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको पीसिआर गोलबजारका २ जना, भगवानपुर गाउँपालिकामा ५ जना, कल्याणपुर नगरपालिकामा ४ जना, धनगडीमाई नगरपालिकामा २ जान र सिरहा करागरको कैदी २ जना गरी कुल १५ जनाका रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जनकारी दिईएको छ । संक्रमित हुनेमा १ महिला र १४ जना पुरुष छन् ।
उनीहरु सवै ११ देखि ४५ वर्ष उमेर समूहका रहेको बताइएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय १४ पुगेको छ । जसमध्ये २ सय १० जना निको भएर घर फर्केका छन ।
अहिले १ सय २ जनाको उपचार आइसोलेसनमा भईरहेको छ । जिल्लामा हालसम्म ५ हजार ९ सय २९ जनाको स्वाव परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved