यौन सम्पर्कको क्रममा कन्डम फुकाल्दा कानुन लाग्ने

  • असोज २६, २०७८ | ४५२ पटक पढिएको | सीमा संदेश
alt

लस ऐन्जेल्स,(एजेन्सी)। करिव ३० वर्ष अघि देह व्यापारमा लागेको केहि महिनापछि नै माक्साइन दूगन आफ्नो ग्राहकको गल्तीको कारण गर्भवती बन्न बाध्य भएकी थिइन् । अलास्काको एन्कोरेजको मसाज पार्लरमा आएका एकजना नयाँ ग्राहकले यौन सम्पर्कको क्रममा अचानक उनलाई थाहै नदिई कन्डम निकालेका थिए ।

यो कुरा चाल पाउना साथ उनी बाथरुम तर्फ दगुरिइन् । फर्कँदा ग्राहक हिंडिसकेका थिए । त्यतिवेला उनी बिस वर्षकी थिइन् । उनले नजिकैको हेल्थ किलनिकमा गएर चेक गराइन् ।धन्न , कुनै यौन संक्रमित रोग नलागेको रहेछ ।

तर छ साता पछि उनले गर्भपतन गराउनु प-यो । त्यसका लागि उनको ३ सय डलर खर्च भयो । एक महिना समम उनले पेशा पनि चलाउन सकिनन् । त्यतिवेला ति ग्राहकले गलत काम गरेपनि कानुनी रुपमा त्यो कार्य अपराध थिएन ।

तर अहिले कुनै पनि व्यक्तिले पार्टनरको सहमति बिना त्यसरी कन्डम फुकाल्न नपाउने भएको छ । यस्तो कानुन बनाउने क्यालिफोर्निया अमेरिकाकै पहिलो राज्य भएको छ । गत विहिवार क्यालिफोर्नियाका गवर्नर ग्याभिन न्युजोमले कन्डम दुरुपयोग प्रतिवन्धित हुने विधायकमा हस्ताक्षर गरेका छन् ।

अब देखि यस्ते कार्यमा पिडितले पूर्ण रुपमा कानुनी उपचार पाउने भएको छ । संयोगले दुई दशक अघिका पिडित दूगन पनि अहिले सानफ्रान्सिस्कोमा नै वसोवास गर्छन ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब