भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय

  • पुस २२, २०७८ | ४९३ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । सरकारले भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट जीटुजी अर्थात सरकार–सरकार मार्फत मल खरिद गर्ने निर्णय गरेको हो ।

रासायनिक मल खरिदका लागि सम्झौता गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अख्तियारी दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवका अनुसार मल खरिदका लागि भारतसँग पाँच वर्षका लागि सम्झौता गर्ने निर्णय भएको छ ।

पहिलो वर्ष डेढ लाख मेट्रिक टन मल खरिद गर्ने र त्यसपछि हरेक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने गरी सम्झौता हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी छ । भारतसँग जीटुटीमार्फत मल खरिद गर्न विगत तीन वर्षदेखि पहल भइरहेको थियो । मल अभाव हुँदा किसानले हरेक वर्ष सास्ती खेप्दै आएका छन् ।

यसपालि धानका लागि मल अभाव नभए पनि गहुँ तथा आलुबालीमा आवश्यक पर्ने मल अभाव छ । 

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब