पत्नीको स्मृतिमा चौधरीले २ सय दलितलाई बाँडे कम्वल

  • पुस २३, २०७८ | ५४० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । कोभिड-१९ कोरोना भाइरसको महामारीको पहिलो लहर देखि नै गरीब, असहाय, विपन्न तथा एकल महिलाहरुलाई स्व. संगीता कर्माचार्यले गरेका सहयोग कार्यलाई उनका श्रीमान महेश चौधरीले निरन्तरता दिएका छन् ।

समाजसेवी चौधरीले श्रीमती संगीता कर्मचार्यको स्मृतिमा पुस २२ मा संगीता कर्मचार्य स्मृति प्रतिष्ठानको नामबाट दलित वस्तीमा २ सय कम्वल वितरण गरेका हुन् । समाजसेवी चौधरीले निजी लगानीमा दुई वर्षदेखि राहतको नाममा केही न केही वितरण गर्ने कार्यलाई निरन्तरता दिंदैँ आएका छन् ।

सिरहाको लहान नगरपालिकाको वडा २४ मानिकदहमा  ३५ जनालाई, वडा १५ मा ६० जनालाई, वडा १२ मा ५० जनालाई र वडा २२ मा ५५ गरि जम्मा २ सय कम्वल वितरण गरिएको छ । तराईमा शीतलहर चलेका बेला गरिब, विपन्न, असहायहरुलाई संगीता कर्माचार्य स्मृति प्रतिष्ठान लहानले कम्वल वितरण गरेको प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी महेश चौधरीले जानकारी दिए ।

चौधरी नेपाली काङ्ग्रेसका सिरहा क्षेत्र १ का क्षेत्रीय सभापति पनि हुन् । उनले ढोढनाको वडा कार्यालयमा कम्मल वितरण गर्ने क्रममा एक जना विपन्नले खानेपानीको समस्या लिएर आउँदा खानेपानीक्व लागि ट्युबवेलको व्यवस्था गर्ने प्रतिवद्धता गर्दै भने, ‘यदि कसैलाई कुनै प्रकारको समस्या छ भने अन्य नेताहरुलाई गुहार्नु भन्दा एक पटक मलाई भन्नु त्यो समस्याहरु कुन हिसाबले समाधान हुन्छ  त्यसको समाधान गर्न म सक्दो प्रयास गर्छु ।’

समाजसेवी चौधरीले लहान नगरपालिका लगायत सिरहाको अन्य ठाउँहरुमा पनि अहिलेसम्म ४ हजार परिवारलाई राहत वितरण गरिसकेको छ । जसको लागि उनले आफ्नो गोजीबाट ७०/८० लाख हाराहारीको खर्च गरिसकेका छन् भने साथीभाइको सहयोगमा भने एक करोडभन्दा माथि नै खर्च गरिसकेका छन् ।

 

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब