क्यान्सरका बिरामीलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउँछ : मुख्यमन्त्री राउत

  • पुस २३, २०७८ | ४७४ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरका बिरामीलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने बताएका छन् ।

सिरहाको लहानमा नेपाल अर्बुद रोग निवारण संस्थाको ३१ औं केन्द्रीय सभाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले कानुन बनाएर क्यान्सर पीडितलाई उपचार खर्चका साथै मासिक भत्ता समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । यद्यपि कति भत्ता उपलब्ध गराउने बिषयमा उनले खुलाएनन् ।

‘प्रदेश सरकारबाट क्यान्सर पीडितहरु उपचारका लागि एक लाख रुपैयाँ राहत पाउँदै आएकोमा अब कानुन नै बनाएर उपचार खर्चको साथै मासिक भत्ताको समेत व्यवस्था गर्‍छौं’ उनले भने ।

प्रदेशमा क्यान्सरको उपचार हुन नसकेको अवस्थामा संस्थाले लहानमा स्थापना गर्न लागेको क्यान्सर अस्पतालमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने पनि उनले बताए । क्यान्सरको प्रमुख कारक धुम्रपान रहेको भन्दै उनले यो न्यूनिकरणमा प्रदेश सरकार कडाइका साथ प्रस्तुत हुने पनि उल्लेख गरे ।

प्रदेशको स्वास्थ्य संस्थाहरुको अवस्था दयनिय रहेको अवस्थामा प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर सुधारको प्रयास शुरु गरेको भन्दै राउतले प्रादेशिक जनस्वास्थ्य ल्याब मुलुककै नमूना ल्याबको रुपमा स्थापित हुन लागेको दावी पनि गरे ।

संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन समारोहमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ, पूर्व मन्त्री गणेश साहसहितकाले बोलेका थिए ।

 

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब