गम्छाले घाँटी कसेको अवस्थामा उखुबारीमा बालकको शव

  • पुस २४, २०७८ | ५३० पटक पढिएको | सीमा संदेश
alt

पर्सा, पुस २४ गते । सर्लाहीमा उखु बारीमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको २४ घण्टा नबित्दै पर्सामा पुनः एक बालकको शव उखुबारीमै फेला परेको छ ।

जगरनाथपुर गाउँपालिका ६ सन्ठीका स्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको शव गम्छाले घाँटी कसेको अवस्थामा उखुमा फेला परेको हो ।

बालकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

चारदिनदेखि हराइरहेका बालकको खोजविन परिवारजनले गरिरहेका थिए । तर फेला परेका थिएनन् ।

गाउँको पूर्वपट्टी उखुबारीमा घाँस काट्न गएकी महिलाले बालकको शव देखेपछि गाउँमा खबर गरेकी थिइन् । घाँटीमा गम्छाले कसेको देखिएकाले उनको हत्या समेत हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चार जनालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका–७, कटानीका स्थानीय सुरत रामकी श्रीमती अन्दाजी ३२ वर्षीया सावित्री देवी रामको शव उखुबारीमा फेला परेकी थिइन् ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब