धनुषामा लुटेरा समूहद्वारा प्रहरीमाथि आक्रमण, पाँचजना पक्राउ

  • माघ ५, २०७८ | ६४५ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, माघ ५ गते । धनुषामा लुटेरा समूहले प्रहरीमाथि आक्रमण गरेको छ ।

धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरीचौकीका असई मनोज पोखरेलमाथि गएराति लुटेरा समूहले आक्रमण गरेको हो ।

टेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा गएराति लुटेरालाई नियन्त्रण लिएपछि उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणबाट असई पोखरेल घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा १२ वटा टाका लागेको प्रहरीले जनाएको छ ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किदै गर्दा लुटेरा समूहले उनीसँग भएका पैसा, लत्ताकपडा, मोबाइल सहितका सामान लुटपाट गरेका थिए ।

 

लगतै पुगेको असई पोखरेल सहितको प्रहरी टोली घटनास्थलमा पुगेर लुटेरा समूहलाई पक्राउ गरेपछि उनीमाथि आक्रमण भएको हो ।

लुटपाट तथा प्रहरीमाथि आक्रमण गर्ने पाँचजनालाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक रजौरेले बताए ।

जसमध्ये मुख्य आरोपी स्थानीय रामजिवन ठाकुरको साथबाट लागुऔषध नाइटरोभेट ट्याब्लेट र चक्कु बरामद भएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब