हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई कारबाहीको माग गर्दै जनकपुरमा युवा संघको प्रदर्शन

  • माघ ७, २०७८ | ६९५ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, माघ ७ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई कारबाहीको माग गर्दै नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा प्रदर्शन गरेको छ ।

हिंसमक अभिव्यक्ति दिने जसपा नेतृ समेत रहेकी मन्त्री यादवलाई तत्कालै बर्खास्त गरी कानुनी कारबाही गर्न माग गर्दै युवासंघका नेता कार्यकर्ताले शुक्रबार जनकपुरमा प्रदर्शन गरेका हुन् ।

यूवा संघ धनुषाको आयोजनामा निस्केको जुलुस जनकपुरको विभिन्न भागमा प्रदर्शन गरेको हो । नेताकार्यकर्ताले ‘नरसंहारवादी मुर्दावाद’, ‘रेणु यादवलाई मन्त्रीबाट बर्खास्त गर’, ‘हत्यारा सरकार चाहिदैन’, ‘मापसे सरकार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।

पदीय मर्यादा विपरीत हिंसात्मक अभिव्यक्ति दिएकाले उनलाई तत्कालै पदमुक्त गरी कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी समेत युवासंले दिएको छ ।

गएको बुधबार बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले पुनः गौर नरसंहार दोहरिने र जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या समेत हुने चेतावनी दिएकी थिइन् ।

पदीय मर्यादा विपरीत दिएको सो हिंसात्मक अभिव्यक्तिलाई लिएर उनको चौतर्फी आलोचना भइरहेको छ । उनलाई तत्कालै बर्खास्त गरी कारबाही गर्नुपर्ने र २०६४ मा भएको गौर नरसंहार घटनाका दोषीहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने माग जोडतोडले उठेको छ । यसले यादवको मन्त्री पद समेत धरापमा परेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब