मधेस प्रदेश : बजारहरुमा अत्याधिक भिड, स्थानीय तहमा सतर्कताको अभाव

  • माघ ७, २०७८ | ८३५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिए पनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको छ ।

बजारमा भिडभाड अत्याधिक देखिएको छ भने सर्वसाधारणहरु स्वास्थ्य मापदण्ड अपनाउन छाडेका छन् । बिना मास्क बजारमा सर्वसाधारणहरु आवतजावत गर्ने गरेका छन् भने भिडभाड समेत देखिएको छ । बजारमा भिडभाड देखिएको छ भने स्वास्थ्य मापदण्डलाई कडाई गराउन खासै चासो देखाइएको छैन । राजनीतिक दलहरुले समेत कोभिड नियन्त्रणका लागि लागू गरिएको स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै आ–आफनो गतिविधिलाई अगाडि बढाउने गरेको पाइएको छ ।    

पछिल्लो केही दिनदेखि मधेश प्रदेशमा कोरोना संक्रमणको दर बढेको छ । अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिदै गएका छन् । मधेश प्रदेशमा १४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिनुभयो । ५ सय २७ जना परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो ।

बिहीवार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो । हाल यस प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरुमध्ये आईसीयूमा २ जना, एचडीयूमा ४ जना र बाँकी संक्रमित होम आइसोलेशनमा रहेका छन् ।

झाका अनुसार मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दोस्रो मात्रा) खोप लगाएका छन् । बढ्दै गएको कोभिड संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको उहाँकाे भनाइ छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब