दल दर्ता संख्या १ सय ६ पुग्यो

  • फागुन ६, २०७८ | ४५४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं। स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा थप तीन दल दर्ता भएसँगै आयोगमा दर्ता भएका दलको संख्या १ सय ६ पुगेको छ । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलाएको पहिलो दिन बिहीबार आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीले दल दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानुनबमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम दल दर्ता गरिएको आयोगले जनाएको छ । दल दर्ताका लागि फागुन १५ गतेसम्मको समय तोकिएको छ । आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरी पालिकास्तरमा कार्यरत् कर्मचारीलाई सोही पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गर्ने व्यवस्था गरेको छ ।

प्रवक्ता पौडेलले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरी खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी पनि दिनुभयो । उहाँका अनुसार मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीको स्पेसिफिकेसन पनि आयोगबाट स्वीकृत गरिएको छ ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्याय परिषद्सँग पनि परामर्श गरेको छ । त्यस्तै, न्याय सेवाका राजपत्रांकित अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनका लागि न्याय सेवा आयोगसँग परामर्श पनि गरेको छ । आयोगले निर्वाचन अधिकृतमा नियुक्ति गर्न उपसचिवको नामावली फागुन १५ गतेसम्ममा आयोगमा नामावली उपलब्ध गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको जनाएको छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब