सीमा क्षेत्रका पम्पले विद्युतीय प्रणालीबाट भुक्तानी लिनुपर्ने

  • फागुन १३, २०७८ | ७६३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपाल आयाल निगमले भारतीय सीमाबाट २ किलोमिटर भित्र नेपालतर्फका भू-भागमा पेट्रोलियम पदार्थको खरिद बिक्रीमा नगद कारोबार निषेध गर्ने भएको छ ।

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो रहेका कारण अपचलन हुन सक्ने जोखिम बढेको भन्दै यस्तो तयारी थालिएको निगमले जनाएको छ ।

एक महिनामा कार्यन्वयनमा आउने यो नीति पछि ती क्षेत्रमा विद्युतीय माद्यमबाट मात्रै इन्धन खरिद बिक्रीको भुक्तानी हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगम सञ्चालक समितिको निर्णयबाट सीमा क्षेत्रका २ किलोमिटर नेपाल भित्रका सबै पम्पहरुमा इन्धन खरिद बिक्री बिद्युतीय प्रणालीबाट मात्रै गर्ने गरी व्यवस्था मिलाउन मातहतका डिपोलाई निर्देशन भएको निगमका प्रवक्ता उपाध्यायले बताए ।

‘हामीले निगमका सबै प्रादेशिक डिपोलाई डिजिटल भुक्तानीको प्रणालीको व्यवस्था मिलाउन निर्देशन दिएका छौं, एक महिना भित्र बिद्युतीय कारोबार हुनेगरी काम अघि बढाउने लक्ष्य छ,’ प्रवक्ता उपाध्यायले भने ।

भारतमा भन्दा नेपालतर्फ सीमा क्षेत्रमा अहिले डिजेल तथा पेट्रोलमा कम्तिमा १२ देखि ३० रुपैयाँसम्म प्रतिलिटर सस्तो रहेको निगमले जनाएको छ । विद्युतीय भुक्तानीबाट इन्धन खरिद बिक्रीको काम गर्दा बिक्रीको स्रोत पहिचान गर्न सजिलो हुने निगमको अनुमान छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब