नेपाल विद्युत प्राधिकरण केन्द्र सिरहा मनोमानी ढङ्गले विद्युतलाईन काटेपछि सेवाग्राहिलाई सास्ती नेपाल विद्युत प्राधिकरण केन्द्र सिरहामा प्रमुख यादबको रजाई

  • फागुन १४, २०७८ | ८७९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नेपाल विद्युत प्राधिकरण केन्द्रले मनोमानी ढङ्गले विद्युत लाइन काटेपछि शनिवार दिनभर सेवाग्राहिलाई निकै सास्ती भोग्नु परेको छ । 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिरहाले शनिवार बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म लहान- बिष्णुपुर ३३ के.भी. प्रसारण लाईनको वरपरको रुख हांगाहरु कटिङ्ग गर्ने सूचना सार्वजनिक गरको थियो ।

तर सूचना बारे सेवाग्राहिमा प्रभावकारी जानकारी नदिई बिहान ९ बजे देखि साझ ७ बजे सम्म लाईन काटी आम सेवाग्राहिलाई दुःख दिईएको सेवाग्राही आरोप रहेको छ ।

सिरहा वितरण केन्द्रमा कर्मचारीहरुसँग राम्रो समन्वय नभएको कारण सेवाग्राहीहरु लाईन बारे सोधपुछ गर्दा, कर्मचारीहरुले लाईन कतिवेला आउँछ जानकारी नभएको सेवाग्राहिहरुलाई जानकारी दिइएका थिए ।

कर्मचारीहरुका अस्त वेस्त व्यवस्थापन विच सिरहा वितरण केन्द्रले मनोमानी ढङ्गले विद्युत लाईन काटी सेवागा्रहिलाई समस्या दिन खोजेको एक इन्टनेट व्यवसायिले बताए ।

सिरहा सदरमुकाममा पनि दिन हुन केही दिन देखि पटक-पटक लाइन काटी र कार्यालय व्यवस्थापन राम्रो नमिलाई विभिन्न सेवा लिन आउने सेवागा्रहिलाई दुः ख दिई सिरहा वितरण केन्द्र प्रमुख राम अयोधी राई यादबले रजाई गरिरहेको सामाजिक अगुवा युवा विवेक यादबले बताए ।

विद्युत लाईन सूचना गरीएको तालिका भन्दा किन बढी लाईन काटिएको बारे प्रमुख यादबसँग सोधदाँ केही बेरमा आउने जानकारी दिइपनि लाईन साझ ७ बजे मात्र आएको थियो ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब