एमसीसीमा ११ बुँदे परिमार्जनको तयारी, माओवादी नेताहरू आन्तरिक छलफलमा

  • फागुन १५, २०७८ | ६२० पटक पढिएको | सीमा संदेश
alt

मिलेनियम च्यालेन्ज कर्पोसन (एमसीसी) बारे छलफल गर्न नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कार्यालयको अनौपचारिक बैठक बसिरहेको छ । परिमार्जनसहित एमसीसी पारित गर्न माओवादी नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जुटेका हुन् ।

स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी पारित गर्नका लागि गठबन्धन सहमति नजिक पुगेका छन् । परिमार्जनको ड्राफ्ट समेत तयार भइसकेको छ । त्यही ड्राफ्टका विषयमा छलफल गर्न माओवादी नेताहरू यति बेला छलफल गरिरहेका छन् ।

एमसीसी पारित गर्ने विषयमा माओवादीमा पनि दुई धार रहेको छ । एक पक्ष अहिलेकै अवस्थामा कुनै पनि हालतमा एमसीसी सम्झौतालाई पारित गर्न नसकिने अडानमा रहेको छ । अर्को पक्ष भने गठबन्धन जोगाउनका लागि एमसीसीको विषयमा लचक देखिएको छ ।

माओवादी बैठक लगत्तै गठबन्धनको बैठक बसेर परिमार्जनको मस्यौदालाई अन्तिम रूप दिने नेताहरूको तयारी छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसीमाथिको छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैठकअघि नै गठबन्धनमा सहमति जुटाउने नेताहरूको तयारी रहेको बुझिएको छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब