इन्धनको मूल्य फेरि वृद्धि : पेट्रोल प्रतिलिटर १६० रुपैयाँ, खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो

  • चैत २३, २०७८ | ६४१ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै  ।  नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यासको मूल्य यसअघि १५ सय ७५ रुपैयाँ रहेको थियो । आयल निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । 

277730537_1401733230288649_534221841742046529_n_SxhMFTvQWP

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब