पाँच दलले तय गरे तालमेलका ७ आधार

  • चैत ३०, २०७८ | ५६१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ ।

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय गरेको छ र तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु बनाएको छ । सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका ७ आधार तय गरिएको छ ।

जसमा एकीकृत समाजवादीलाई एमालेबाट फुटेर बनेको प्रमुख शक्तिका रुपमा स्वीकार गरिएको छ । साथै २०७४ को स्थानीय तहको जनमत, अरु दल विजयी भएको स्थानमा सत्तारुढ दलका उम्मेदवारले पाएको मत, वर्तमान संगठनात्मक अवस्थालाई आधार मानिएको छ ।

  • २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा जो जुन पार्टीबाट जितेका छन्, त्यसआधार मान्ने । एकीकृत समाजवादीको हदमा पनि  हाल  दलमा रहेका जनप्रतिनिधिहरूलाई मान्ने ।
  • २०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार ।
  • २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रहेको गठबन्धनमा सहभागिता पनि हेर्ने।
  • २०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले प्रमुख पदमा पाएको मत
  • एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने ।
  • सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।
  • गठबन्धनमा रहेका दलहरुबीचमा चुनावी तालमेल गर्न पाउने ।

उपमहानगर र महानगरबारे केन्द्रको निर्णय

सत्तारुढ पाँच दलले वडा सदस्य र वडाध्यक्षमा चुनावी तालमेल गर्ने अधिकार पालिकास्तरीय संयन्त्रलाई दिएका छन् ।

नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखकमा तालमेल तथा बाँडफाँटबारे जिल्लास्तरीय संयन्त्रले ३ वैशाखभित्र प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले ५ गते केन्द्रमा पठाउने निर्णय छ । महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको सिट बाँडफाँड केन्द्रीय संयन्त्रले गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य कार्कीले जानकारी दिए ।

उनका अनुसार प्रदेश र जिल्ला संयन्त्रमा गठबन्धनमा रहेका २/२ जना प्रतिनिधि रहने छन् भने अवश्यकताअनुसार आमन्त्रित सदस्य बोलाउन सकिनेछ । स्थानीय पालिका, जिल्ला र प्रदेशका सबै संयन्त्रको बैठकको संयोजक कांग्रेस नेता रहनेछन् ।

बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं

बलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश ...

आज तर अष्टमीकै विधि गरिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्र ...

अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार : अमेरिकी

बलिउडका चर्चित अभिनेता टाइगर श्राफ लक्षित गरी मुम्बईको ...

कात्तिक २ गते सोमबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक २ गते । सोमबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब