सप्तरीमा आगलागी परी ८ वर्षीय बालकको मृत्यु

  • वैशाख २, २०७९ | ३९५ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । जिल्लाको बोदेबर्साइन नगरपालिका १० अमरैंया टोलमा आगलागीमा परी एक बालकको मृत्यु भएको छ । स्थानीय प्रत्यक्षदर्शी जितेन्द्र साहका अनुसार शुक्रबार करिब ३ बजेतिर आगलागी भएको थियो ।

उनका अनुसार आगलागीमा परी स्थानीय शत्रुधन यादवको आठ वर्षीय छोरा शैलेश कुमार यादवको मृत्यु भएको हो । बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएको आफूहरुले देखेको उनले बताए ।

फुसको गोठ हुँदै पक्की घरमा आगो सल्किसकेको र नियन्त्रणमा ढिलाई भएकोले घरभित्र रहेका बालकको ज्यान गएको हो । क्षति विवरण ऐकिन गर्न नसकिएपनि लाखौँको धनमालको क्षति भएको सप्तरी प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

आगालागीमा परी ज्यान गुमाएका शैलेशको बुवा भने विदेशमा रहेका छन् । आमा घरकै काममा व्यस्त भएकी बेला बालक भने कसरी एकाएक आगोको चपेटमा आयो ? के कारणले आगलागी भयो भन्ने ऐकिन गर्न नसकिएको स्थानीय धनकिशोर साहले बताए ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब