आजदेखि वीणा उल्का वर्षा सक्रिय

  • वैशाख ५, २०७९ | ४०३ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । आजदेखि वीणा उल्का वर्षा सक्रिय हुने भएको छ । आजदेखि १२ गतेसम्म वीणा उल्का वर्षा सक्रिय हुने र मौसमले साथ दिए आउँदो शुक्रवार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार शुक्रवार राति ९ बजेदेखि सूर्योदयसम्मको समयमा उल्का वर्षाको दृश्य हेर्न सकिनेछ ।

अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने उहाँले बताउनुभयो । थ्याचर नामक पुछ्रेताराले छोडेका धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भइ जलेर नष्ट हुँलो उल्का वर्षा देखिने खगोलविद् भट्टराईले बताउनुभयो ।

थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँछ । पुछ्रेतारा वा धुमकेतुहरूले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलोका कणहरू छोड्ने गर्छन्, जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन्। यसरी फैलिएका धूलोका कणहरूले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् ।

परिक्रमा गर्ने क्रममा जब यी धुलोका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् त्यतिबेला उल्का देखिने भट्टराईले बताउनुभयो । उहाँले  यस्तो दृश्यमा १० वा त्योभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भनिने जानकारी दिनुभयो। 

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब