जिल्लामा निर्वाचन सामग्री पठाउन शुरू

  • वैशाख ९, २०७९ | ४५४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । उहाँले वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका अघि बढाउन आयोगले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको बताउनुभयो ।

प्रवक्ता पौडेलका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि उम्मेदवारको मनोनयनदेखि निर्वाचित भएको घोषणासमेत त्यही कार्यालयले गर्नेछ । काठमाडौंमा राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

सदरमुकाम बाहेकका ठाउँमा गाउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगले जनाएको छ । कार्यालय स्थापना गरिएसँगै बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बुमा निर्वाचन सामग्री पठाइएको जानकारी दिँदै प्रवक्ता पौडेलले अन्य जिल्लाहरूमा पनि क्रमशः निर्वाचन सामग्री पठाइने बताउनुभयो । उहाँका अनुसार आयोगले निर्वाचन सामग्री करिब १० दिनभित्र सबै जिल्लामा पठाइसक्नेछ ।

आयोगले अहिलेसम्म १ करोड १९ लाख मतपत्र छापिसकेको छ भने निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । ती संस्थाका करिब १० हजारभन्दा बढी पर्यवेक्षकलाई तोकिएको मतदानस्थलमा पुगेर पर्यवेक्षण गर्न अनुमति दिइएको प्रवक्ता पौडेलको भनाइ छ । यद्यपि, उनीहरूले आफ्नो मतदाता नामावली रहेको मतदान स्थलमा भने पर्यवेक्षण गर्न भने पाउने छैनन् । साथै पर्यवेक्षणको काम सकेपछि उनीहरूले आयोगमा प्रतिवेदन बुझाउनुपर्नेछ ।

आयोगले आचारसंहिता विपरीतका निर्वाचन सामग्री उत्पादन नगर्न पनि आग्रह गरेको छ । निर्वाचन आचारसंहिता २०७८ ले निषेध गरेका निर्वाचन प्रचार सामग्रीको उत्पादन तथा बिक्री वितरण तत्काल बन्द गर्न प्रवक्ता पौडेलले आग्रह गर्नुभएको छ ।

यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका सामग्री उत्पादन नगर्न, नगराउनका लागि परिपत्र गरी सहयोग गर्न पनि आयोगले अनुरोध गरेको छ ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब