मनोनयन दर्ता गर्दा उम्मेदवारले गर्नुपर्नेछ १८ प्रतिबद्धता

  • वैशाख ११, २०७९ | ४७७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । आज र भोलि स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ ।  स्थानीय तहका विभिन्न पदमा मनोनयन दर्ता गर्ने उम्मेदवारहरूले विभिन्न प्रतिबद्धता पनि व्यक्त गर्नुपर्नेछ ।

निर्वाचन आयोगले उम्मेदवारहरुका लागि १८ प्रकारका प्रतिबद्धता व्यक्त गरेर निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ । ती प्रतिबद्धता यस्ता छन्-

१. संविधानप्रति निष्ठावान रहेको घोषणा गर्नुपर्नेछ ।

२. २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको घोषणा गर्नुपर्नेछ ।

३. सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको घोषणा गर्नुपर्नेछ ।

४. स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानुनले अयोग्य नभएको घोणा गर्नुपर्नेछ ।

५. सरकारी अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको घोषणा गर्नुपर्नेछ ।

६. सरकारी कोषबाट कुनै लाभको पद धारण नगरेको घोणा गर्नुपर्नेछ ।

७. कुनै सजाय पाएको भए तोकिएको अवधि पूरा गरेको र कालो सूचीमा नपरेको घोषणा गर्नुपर्नेछ ।

८. मनोनयन पत्र साथ पेस गर्नुपर्ने सबै कागजात पेस गरेको घोषणा गर्नुपर्नेछ ।

९. प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक बन्द सूचीमा नाम नरहेको घोषणा गर्नुपर्नेछ ।

१०. मनोनयन पत्र साथ पेस गरेको सम्पत्ति विवरण साँचो रहेको घोषणा गर्नुपर्छ ।

११. स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्छ ।

१२. स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको । (तर आफू उम्मेदवार हुने बाहेकका स्थानीय ठेक्कापट्टाको हकमा यो नियम लागू नगर्नू भनी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।)

१३. सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्छ ।

१४. विदेशको स्थायी आवासीय अनुमति पत्र नलिएको घोषणा गर्नुपर्नेछ ।

१५. न्यायिक वा अर्धन्यायिक निकायको कैद सजाय, जरिबाना तिर्न बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्नेछ ।

१६. निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको घोषणा गर्नुपर्नेछ ।

१७. सीमाभित्र रही खर्च गर्न र खर्च सम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको घोणा गर्नुपर्नेछ ।

१८. संविधान, कानुन र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको घोषणा गर्नुपर्नेछ ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब