सिरहामा पहिलो दिन १४१ भन्दा बढीले दिए उमेदवारी

  • वैशाख १२, २०७९ | ५६१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, ११ बैशाख । सिरहाका १७ पालिकामा पहिलो दिन जनमत पार्टि र स्वतन्त्र उमेदवारहरुले मात्र उमेदवारी दर्ता गराएका छन् । देशका प्रमुख पार्टिहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा मओवादी केन्द्र, नेकपा एकिकृत सामावादी, जसपा र लोसपा सिरहाका कुनै पनि पालिकामा उमेदवारी दिइएको छैन् ।

जनमत पार्टि र स्वातन्त्रबाट सिरहाका पालिकाहरुमा मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्य सम्मका उमेदावरी दर्ता भएको छ । सिरहा नगरपालिकामा ९ जनाले उमेदवारी दर्ता गराएका छन् । वडाअध्यक्षमा २ जना स्वतन्त्रबाट र १ जना जनमत पार्टिबाट १७ नम्बर वडाबाट उमेदवारी दर्ता गराएका छन् । वडासदस्यमा २ जना जनमत पार्टि र ४ जना स्वतन्त्र उमेदवारी दिइएका छन् । कर्जन्हा नगरपालिकामा कुल १७ जनाले उमेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट एक जना रामनारायण साहुले उमेदावरी दर्ता गराएको छ । अरु सबै ११ वटा वडामा जनमत पार्टिको वडाअध्यक्ष देखि वडासदस्य सम्मका उमेदवारी दर्ता गराएका छन् ।

गोलबजार नगरपालिकामा कुल २१ जनाले उमेदवारी दर्ता गराएका छन् । मेयर पदमा १ जना जनमत र १ जना लोसपाबाट उमेदवारी दर्ता गराएका छन् । उपमेयरमा १ जना स्वतन्त्र उमेदवारी दर्ता गराएको छ । ३ वटा वडामा जनमत पार्टिले वडाअध्यक्ष लागि उमेदवारी दर्ता गराएका छन् । बाँकी वडासदस्यहरु जनमत र स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
कलयाणपुर नगरपालिकामा कुल १२ जनाले उमेदवारी दर्ता गराएका छन् । मेयर पदका लागि १ जना जनमत, १ जना नेमिकिपा र १ जना बहुजन शक्ति पार्टिबाट गरी कुल ३ जनाका उमेदवारी दर्ता भएका छन् । उपमेयर पदमा १ जना जनमत र १ जना नेमिकिपा गरी कुल २ जनाले उमेदवारी दर्ता गराएका छन् । अरु सबै १२ वटा वडामा जनमत पार्टिको वडाअध्यक्ष र वडा सदस्यमा उमेदावरी दर्ता भएका छन् । सुखिपुर नगरपालिकामा ८ जनाले उमेदवारी दर्ता गराएका छन् । मेयर पदमा नेपाल मजदुर किसान पार्टिबाट १ जनाले उमेदवारी दिइएको छ । तिनवटा वडामा वडाअध्यक्ष पदका लागि ३ जना स्वतन्त्र उमेदवारी दिएका छन। वडासदस्य पदमा १ जना महिला, १ दलित महिला र २ जना पुरुष सदस्य गरी कुल ४ जनाले उमेदवारी दर्ता गराएका छन् । धनगढीमाई नगरपालिकामा कुल ९ जनाले उमेदवारी दर्ता गराएका छन् । मेयर पदमा ४ जना स्वतन्त्र र उपमेयर पदमा १ जना स्वतन्त्र उमेदवारले उमेदवारी दर्ता गराएका छन् । वडाअध्यक्षमा ३ जना र १ जान खुला वडा सदस्यका लागि उमेदवारी दर्ता गराएका छन् । लहान नगरपालिामा ९ जनाले उमेदवारी दर्ता गराएका छन् । मेयर र उपमेयर पदमा १।१ जना राप्रपा र १।१ जना सामाजवादी पार्टिले उमेदवारी दर्ता गराएका छन् । अरु सबै जनमत पार्टिबाट वडाअध्यक्ष र वडा सदस्यमा उमेदवारी दर्ता गराएका छन् ।

 लक्ष्मीपुर पत्तारी गाउँपालिकामा ३३ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा जनमत पार्टिबाट हिरालाल यादब, स्वतन्त्रबाट अशोक दास र बहुजन शिक्त पार्टिबाट १ जना गरी कुल ३ जनाका उमेदवारी दर्ता भएका छन् । वडाअध्यक्षमा जनमत पार्टिबाट ६ जना र जनमत र राप्रपाबाट वडा सदस्यका लागि २४ जनाका उमेदवारी परेका छन् । सखुवान्नकारकट्टी गाउँपालिकामा अध्यक्ष पदका लागि स्वतन्त्र उमेदवार योगेन्द्र यादबको मात्र उमेदवारी दर्ता भएको छ । नरहा गाउँपालिकामा ८ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा १ जना स्वतन्त्र, वडाअध्यक्षमा २ जना जनमत पार्टि गरी अरु सबै जनमतबाट वडा सदस्यका लागि उमेदवारी दर्ता गराएका छन् । भगवानपुर गाउँपालिकामा कुल १३ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष र उपाध्यक्ष पदमा १।१ जना बहुजन शक्ति पार्टिबाट उमेदवारी दर्ता गराएका छन् । वडाअध्यक्ष पदमा २ जना जनमत पार्टि र १ जना बहुजन शक्ति पार्टि र अरु सबै वडा सदस्यमा दुईटै पार्टिका महिला र दलित सदस्याहरु उमेदवारी दर्ता गराएका छन् । औरही गाउँपालिका र नवराजपुर गाउँपालिकामा कुनै पार्टिले हाल सम्म उमेदवारी दर्ता गराएका छेन् । अन्य स्थानीय तहका निर्वाचन अधिकृतलाई सम्पर्क गरेपनि बेस्तताका कारण उनीहरुबाट तथ्यांक संकलन हुन सकेका छैन् । 

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब