चार हजारभन्दा धेरैको उम्मेदवारी फिर्ता

  • वैशाख १७, २०७९ | ६८७ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । आउँदो ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारी दिएकामध्ये चार हजारभन्दा धेरैले फिर्ता लिएका छन् ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई हिजो बेलुकी ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । तथ्याङ्क सङ्कलनको काम भइरहेकाले फिर्ता लिनेको सङ्ख्या थपघट हुन सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार देशभरबाट एक लाख ५३ हजार २ सय २० जना उम्मेदवार छन्।

चुनावी कार्यतालिकाअनुसार आज उम्मेदवारलाई चुनाव चिह्न दिइनेछ । सत्ता गठबन्धनले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन दबाब दिए पनि भरतपुर, पोखरा लगायतका ठाउँमा उम्मेदवारी कायमै छ ।

भरतपुरमा कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी कायम राखेपछि त्यहाँको चुनाव रोचक हुने देखिएको छ । पौडेलको उम्मेदवारी फिर्ता लिन निकै कोसिस भएको थियो ।

यस्तै पोखरामा कांग्रेसका नेता विमल कार्कीले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुभएको छैन । गठबन्धनको तर्फबाट चितवन माओवादी केन्द्र र पोखरामा एकीकृत समाजवादीको भागमा परेको थियो ।

यस्तै जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार मनोज साहले पनि उम्मेदवारी फिर्ता लिनुभएको छैन ।

यसैबीच पालिका चुनावमा एमालेका उम्मेदवार सबैभन्दा बढी छन् । आयोगकाअनुसार एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । एमालेले पुरुष १९ हजार ४९९ र महिला १४ हजार ४ जना गरी ३३ हजार  ५०३ जना उम्मेदवार उठाएको हो ।

यसमध्ये मेयरमा २६४ जना पुरुष र २७ जना महिला गरी २९१ जना तथा अध्यक्षमा ४१९ पुरुष र २८ जना महिला गरी ४४७ उम्मेदवार छन् । एमालेले उपप्रमुखमा २६ पुरुष र २६० महिला गरी २८६ जना तथा उपाध्यक्षमा ३५ पुरुष र ४१० महिला गरी ४४५ जनालाई उम्मेदवार बनाएको छ ।

यस्तै नेपाली कांग्रेसले सबै पदमा गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको छ ।  कांग्रेसबाट पुरुष १८ हजार ५४३ र महिला १२ हजार ८८२ जना गरी ३१ हजार ४२५ जना उम्मेदवार छन् । यसमध्ये  मेयरमा २५० जना पुरुष र १५ जना महिला गरी २६५ जना तथा अध्यक्षमा ३६२ पुरुष र १९ जना महिला गरी ३८१ जना उम्मेदवार छन् । कांग्रेसले उपप्रमुखमा ३० जना पुरुष र १८२ महिला गरी २१२ जना तथा उपाध्यक्षमा ६७ जना पुरुष र २९३ जना महिला गरी ३६० जनालाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले पुरुष १३ हजार ३०२ र महिला ८ हजार ९७७ जना गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । यसमध्ये माओवादीले मेयरमा १५६ जना पुरुष र १८ जना महिला गरी १७४ तथा अध्यक्षमा २६१ पुरुष र २९ जना महिला गरी २९० जना उम्मेदवार बनाएको छ । माओवादीबाट मेयरमा ८५ जना पुरुष र १३३ जना महिला गरी २१८ जना तथा उपाध्यक्षमा ११५ जना पुरुष र २०० महिला गरी ३१५ जना उम्मेदवार छन् । 

यस्तै पालिका चुनावको लागि देशभरबाट १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ३५ हजार २२१ पदका लागि आउँदो ३० गते मतदान हुँदैछ ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब