स्थानीय तहका उम्मेदवार २१ देखि ९४ वर्षसम्मका

  • वैशाख १९, २०७९ | ४३१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । स्थानीय तह निर्वाचनमा प्रौढ उम्मेदवारहरुको बाहुल्य देखिएको छ । निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक आँकडा अनुसार उम्मेदवारहरु २१ वर्षदेखि ९४ वर्ष उमेरसम्मका छन् ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्षकी उम्मेदवार निशा थारु २१ वर्षकी छन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी हुन् ।

यसैगरी मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ का वडा सदस्यका उम्मेदवार सूर्य नारायण मण्डल ९४ वर्षका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार छन् ।

४१ देखि ६० वर्षका उम्मेदवारहरुको संख्या आधा छ । ४० वर्षमुनिका उम्मेदवारहरु ४१ प्रतिशत छ । यसरी हेर्दा ६० वर्ष मुनिका उम्मेदवारहरुले कूल उम्मेदवारीको ९० प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।

आयोगको विवरण अनुसार, अवकाशपछिको उमेर मानिने ६० देखि ७० वर्षसम्मका उम्मेदवारहरुको संख्या करिव १० हजारको हाराहारीमा छ । ८० वर्षपछिका उम्मेदवारहरुको संख्या निकै नगन्य छ ।

विवरण अनुसार, ३१ देखि ४० वर्षसम्मका युवाहरुको उम्मेदवारी करिव ४३ हजार ४ सय छ । त्यसैगरी ४१ देखि ५० वर्षका उम्मेदवारहरु ४३ हजारको हाराहारीमा छन् । ५० वर्षभन्दा माथिको उमेरमा उम्मेदवारहरुको संख्या घट्दै गएको देखिन्छ ।

निर्वाचन आयोगको विवरण हेर्दा, ३८ देखि ४३ वर्षसम्मका उम्मेदवारहरुको संख्या बढी देखिन्छ । सबै उम्मेदवारहरुको औसत उमेर ४४ वर्ष देखिन्छ । ३० वर्षसम्मका उम्मेदवारहरुको संख्या नगन्य छ भने त्यसपछि बढ्दै गएको देखिन्छ ।

५५ वर्ष पछिका उम्मेदवारहरुको संख्या पनि क्रमिक रुपमा घट्दो देखिन्छ । आँकडा हेर्दा, साना र भर्खरै स्थापित दलहरुले कम उमेरका उम्मेदवारहरुलाई अघि सारेको देखिन्छ ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब