तराईका जिल्लामा गर्मी बढ्याे, स्वास्थ्यमा ध्यान दिन आग्रह

  • जेठ १९, २०७९ | ६६३ पटक पढिएको | सीमा संदेश
alt

एक हप्तायता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् । हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ । मनसुन सुरु भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताउनुहुन्छ । 'अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको छ', उहाँले भन्नुभयो । 

कैलालीमा यस वर्ष सबैभन्दा बढी गर्मी गएकाे वैशाख १३ गते रेकर्ड भएको छ । त्यो दिन कैलालीको अधिकतम तापत्रलम  ४० दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो भने अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस हाराहारी छ । गर्मी बढ्ने सम्भावना अझै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरी बताउनुहुन्छ । 'अझै केही दिन तापक्रम बढ्छ', उहाँले भन्नुभयो । 

गर्मीको समयमा जाडोको तुलनामा शरीरलाई हानी पुर्याउने जीवाणु बढी सक्रीय हुने भएकाले विभिन्न रोगको सङ्क्रमण हुनसक्ने चिकित्सक बताउँछन् । टीकापुर अस्पतालका डा संवाद खरेल गर्मीका कारण धेरै समस्या देखिन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुहुन्छ । 'दिउँसो घाममा सकेसम्म नहिँडौँ, हिँड्नै परे पनि शरीरको सुरक्षा हुने खालका उपाय अपनाएर हिँडौँ, पानी पर्याप्त पिउने वा पानी बढी पाइने खानेकुरा बढी खानुपर्छ', उहाँले भन्नुभयो । लापरबाही गरे यो समयमा विभिन्न सरुवा रोग वा अन्य दीर्घरोगको जोखिम रहने उहाँको भनाइ छ । 

गर्मीमा वयस्क नागरिकभन्दा बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहार गर्नुपर्ने डा. खरेल बताउनुहुन्छ । 'यो समयमा अस्पतालमा बिरामी बढेका छन् । बिरामीमा बालबालिका र ज्येष्ठ नागरिक बढी छन्', उहाँले भन्नुभयो। 

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब