ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

  • असार २८, २०७९ | ७६६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले तस्वीर सार्वजनिक गरेका हुन् ।

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेका थिए ।

तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देख्न सकिन्छ । यसलाई हालसम्मको अनुसन्धानमै ठूलो सफलता मानिएको छ ।

ब्रह्माण्डको वास्तविक आकारबारे बुझ्ने वर्षौंदेखिको प्रयास सार्थक भएको वैज्ञानिकहरुले जनाएका छन् ।

तस्वीर सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति बाइडनले अमेरिकाले ठूलो काम गर्न सक्छ भन्ने प्रमाणित भएको बताए ।

जेम्स वेब स्पेस टेलिस्कोप अन्तरीक्षको चारै दिशामा नजर राख्न सक्षम हुने गरी बनाइएको थियो । यसले पृथ्वीबाट एक लाख माइलभन्दा टाढाको तस्वीर पनि कैद गर्न सक्ने गरी बनाइएको थियो ।

यसको डिस्प्ले ६.५ मिटर लामो छ । जेम्स वेब टेलिस्कोपमार्फत् अन्तरीक्ष वैज्ञानिकहरुले आकाशगंगासहित अन्तरीक्षसँग सम्बन्धित हरेक तथ्यलाई बुझ्न सहज हुने विश्वास वैज्ञानिकहरुको छ ।

क्यामेरा बनाउने वैज्ञानिकहरुको टोली प्रमुख मार्सिया रिकीले यसबाट धेरै कुरा सिक्न पाएको बताइन् ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब