वडा कार्यालयहरुको बैठक भत्तामा झण्डै करोड स्वाहा, तर बैठकहरु एजेण्डा विहीन

  • साउन १०, २०७९ | ३५७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, साउन १० गते । जनकपुरधाम उपमहानगरपालिकाको वडा बैठक भत्ताको नाममा झण्डै एक करोड रुपैयाँ अनियमितता भएको पाइएको छ । जनप्रतिनिधिले एजेण्डा बेगरको वडा कार्यालय बैठक भत्ताको नाममा एक झण्डै करोड रुपैयाँ लिएको खुलेको हो ।

आर्थिक वर्ष २०७७।०७८ मा वडा कार्यालय बैठक भत्ताको नाममा ९२ लाख ८० हजार रुपैयाँ खर्च पाइएको महालेखा परीक्षकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९ को प्रतिवेदनमा उल्लेख छ ।

कतिपय बैठकको माइन्युट पेश नभएको, पेश भएको माइन्युटमा कुनै एजेण्डा बेगर नै बैठक बसेर दस्तखत गरी भत्ता बुझेको प्रतिवेदनमा औंल्याइएको छ ।

,उक्त वैठकहरुको कतिपय माइन्युट पेश नभएका, पेश भएका माइन्युटमा समेत कुनै एजेण्डा वेगर बैठक बसी उपस्थितिमा ्र दस्तखत गरेको देखिन्छ भने बैठकको निर्णयमा खास एजेण्डा नखुलाई पर्व मनाउने सम्बन्धि निर्णय गरीयो जस्ता व्यहोरा उल्लेख गर्ने गरेको देखिन्छ।, महालेखा परीक्षकको प्रतिवेदनमा लेखिएको छ ,बैठकको निर्णयमा खास एजेण्डा नखुलाई पर्व मनाउने सम्बन्धि निर्णय गरीयो जस्ता व्यहोरा उल्लेख गर्ने गरेको देखिन्छ।,

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ मा प्रमाण कागजात तथा विल भरपाई राखी खर्च लेख्नुपर्ने व्यवस्था छ । तर कार्यालयले वडाहरुमा विभिन्न मितिमा वैठक बसेको भनि बैठक भत्ता वापत ९२ लाख ८० हजार रुपैयाँ खर्च लेखेको प्रतिवेदनमा उल्लेख छ ।

आवश्यकता र स्पष्ट एजेण्डा बैगर बैठक बसी खर्च लेखेको सो रकम अनियमितता भएको महालेखा परीक्षकको ठहर छ । सो रकम महालेखा परीक्षकले बेरुजु ठहर्याएको छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब