मधेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन

  • साउन २०, २०७९ | ३४२ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, साउन २० गते । लोकतान्त्रिक समाजवादी पार्टीको विद्यार्थी संगठनले मधेश प्रदेशका मुख्यमन्त्रीसहित कर्मचारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ ।

लोसपा निकट विद्यार्थी संघ मधेस प्रदेश कमिटीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको हो ।

अख्तियारले ठहर गरेको भ्रष्टाचारको आरोपित मुख्यमन्त्री र मन्त्रिमण्डल लगायतका कर्मचारीलाई बर्खास्त गरी प्रदेशको गरिमा जोगाउन लोसपा विद्यार्थी संगठनले प्रदेश प्रमुखसमक्ष माग गरेको छ ।

‘अख्तियार दुरुपयोग आयोगले २०७८ असोज १३ गते मुख्यमन्त्री कार्यालयबाट यस प्रदेशको लोकप्रिय कार्यक्रम मध्ये ‘मुख्यमन्त्री बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रममा अनियमितता भएको उजुरी पर्न आएकोले छानबिनका लागि लगिएको फाइल र उपलब्ध कागजातहरुको आधारमा साउन १८ गते लामो सूक्ष्म अध्ययन र छानबिन पश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट साइकल खरिद प्रक्रिया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म मुख्यमन्त्री कार्यालयका कर्मचारी र साइकल आपूर्तिकर्ताले नेपाल सरकाररप्रदेश सरकारलाई बदनियतपूर्वक १० करोड ३३ लाख रुपैयाँ गरेको भनी अख्तियारले पुष्टि गरि अदालतमा मुद्दासमेत दायर गरेको उल्लेख छ’, ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

जनभावनाको विपरीत गई प्रदेशको गरिमा माथी ठेस पुग्ने कार्य भएमा आफूहरु बाध्य भएर जनतासामु प्रदेश रक्षाको निम्ति कड़ा संघर्षमा उत्रिन बाध्य हुने लोकतान्त्रिक विद्यार्थी संघले चेतावनीसमेत दिएको छ ।

297402542_309209848057262_3449711460833909779_n_D0QhUwbu23

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब