कार्यदलले काम थाले पनि तत्काल घर नफर्कने मिटरब्याजी पीडितको अडान

  • साउन २८, २०७९ | ३६५ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । मिटरब्याजी पीडितहरुले सरकारी कार्यदलमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।

सरकारले माग पूरा गर्न भन्दै कार्यदल गठन गरे पनि आफूहरु विश्वस्त हुन नसकेको उनीहरुको भनाइ छ । यसअघि पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएको, तर पूरा नभएको भन्दै अब त्यत्तिकै घर नफर्कने उनीहरुले अडान लिएका छन् ।

काठमाण्डौमा धर्ना बसेका नवलपरासीका मिटरब्याजी पीडितहरुसँग सरकारी कार्यदलले हिजो वार्ता गरेको थियो । कार्यदलले प्रमाण सङ्कलन र अनुसन्धान अगाडि बढाउने आश्वासन दिँदै घर फर्किन आग्रह गरे पनि पीडितहरूले यसअघि पनि सरकारसँग सम्झौता गरेर फर्किँदा धोका भएको भन्दै अहिले त्यतिकै घर नफर्किने अडान लिएका हुन् ।

नवलपरासीका मिटर ब्याजी पीडितहरूले १० दिन अघिदेखि काठमाण्डौको माइतीघरमा धर्ना दिँदै आएका छन् । उनीहरुको समस्या बुझ्न र समाधान गर्न भन्दै सरकारले हिजो गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले हिजोदेखि नै काम थालेको छ ।

कार्यदलले हिजो पीडितसँग छलफल गरेर घर जान आग्रह गरे पनि पीडितहरु तत्काल घर फर्कने पक्षमा छैनन् । यसअघि असारमा पनि पीडितहरुले धर्ना दिएपछि सरकारले समस्या सुनुवाइ भएको भन्दै अनुसन्धान गर्ने आश्वासन दिएको थियो । तर सरकारले आश्वासनअनुसार काम नगरेको भन्दै पीडितहरु फेरि काठमाण्डौ आएका हुन् । 

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब