कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

  • कार्तिक ३, २०७९ | ३४० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । यही कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन् ।

वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा. जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने छ । नेपालबाट करीब ३३ मिनेटमात्र ग्रहण देखिने डा. आचार्यले जानकारी दिए ।

अमेरिकी खगोल समाजका सदस्य समेत रहेका आचार्यका अनुसार यो खण्डग्रास सूर्य ग्रहणको दृश्य यूरोप, मध्य एसिया, उत्तर अफ्रिका, भारत, मंगोलिया, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, सिरिया, काजकस्थान, नर्वे लगायत मुलुकहरुबाट पनि देख्न सकिन्छ ।

यसलाई नाङ्गो आँखाले हेर्न हुँदैन । सूर्य ग्रहणलाई सुरक्षित माध्यमबाट हेर्न चाहनेहरुलाई सामाखुसीस्थित तक्षशिला एष्ट्रनोमी क्लबले निःशुल्क व्यवस्था मिलाएको छ ।

धर्मशास्त्रलाई मान्ने हो भने मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ तथा मीन राशिले हेर्न नहुने र वृष, सिंह, धनु, तथा मकर राशि भएका मानिसहरुले मात्र हेर्न हुने बताएको पाइन्छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब