खाने तेल चोरी गर्ने तीन व्यापारीसहित चारजना प्रहरीको फन्दामा

  • कार्तिक ६, २०७९ | २७२ पटक पढिएको | सीमा संदेश
alt

बारा, कार्तिक ६ गते । प्रहरीले ठूलो परिमाणमा खाने तेलसहित बारामा चारजनालाई पक्राउ गरेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–१ का सुकमान तामाङ, रौतहट गौर नगरपालिका–१ का ३८ बर्षीय रमेशकुमार जयसवाल, रौतहटकै वृन्दावन नगरपालिका–६ का ३८ बर्षीय शेख कलाम र ४७ बर्षीय वैद्यनाथ साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमध्ये तामाङ ट्रक चालक हुन् भने तीन जना व्यापारी रहेको प्रहरीले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ ।

परवानीपुर गाउपालिका–५ स्थित मनोकामना आयल एण्ड फुड प्रोसेसिङ प्रालिबाट सिन्धुलीको कमलामाई नगरपालिकास्थित रोविन सप्लायर्सका लागि पठाइएको तेल उनीहरुले रौतहटमा बेचेका थिए ।

बजार मूल्य ४९ लाख ४ हजार ९ सय १२ रुपैयाँ रहेको तेल उनीहरुले रौतहट लगेर ३९ लाख रुपैयाँमा बिक्री गरेको प्रमाण प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

तेल ढुवानीका लागि प्रयोग गरिएको ट्रक समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब