काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले बुझाएको बन्द सूचीमा परेका ५ सय ५० जनाको नाम हटाएको छ।
आयोगले हटाएका समानुपातिकतर्फका बन्द सूचीमध्ये सत्ता र प्रतिपक्षी दलका उम्मेदवारसमेत परेका छन्। आयोगले बन्द सूचीबाट नाम हटाएको लिस्टमा नेकपा एमाले परेन। आयोगका अनुसार बन्द सूचीबाट बाहिरिनेमा प्रदेश र प्रतिनिधिसभामा नेकपा एमालेका कुनै पनि उम्मेदवार परेका छैनन्।
सत्तारुढमध्ये सबैभन्दा बढी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार छन्। प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका ६ जना उम्मेदवार रहेका छन्।
नेकपा एकीकृतबाट बन्द सूचीबाट हट्नेहरूमा ओमचरण अमात्य, ताराकुमारी विश्वकर्मा, दिलु बुदुजा, सीताकुमारी शर्मा, लक्ष्मण चौधरी र जयन्तीकुमारी सारु मगर रहेका छन्।
प्रदेशतर्फ नेकपा एकीकृतका ११ जना उम्मेदवार छन्। जसमा सुभाषसिंह साउद, हेमन्ती विश्वकर्मा (उमेर नपुगेको, २४ वर्ष मात्रै), मो. लुकमान अन्सारी, ममताकुमारी सिंह, सुनिता महतो, कृष्णबहादुर प्रजा, बमबहादुर पाइजा, सानुमाया बस्नेत, आशाकुमारी चौधरी, इतवारी थारु र इन्द्रजित अहिर यादव रहेका छन्।
प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट एकजनाको नाम हटाइएको छ। आयोगले समानुपातिक तर्फको बन्द सूचीबाट प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम हटाएको हो। उनले लाभको पद लिएको भन्दै आयोगले बन्द सूचीबाट नाम हटाएको हो।
प्रदेशसभातर्फ नेपाली कांग्रेसबाट ३ जनाको नाम हटाइएको छ। कांग्रेसका अंशुकुमारी सिंह, मोहम्मद सईद खाँ र साधना विसी (उमेर नपुगेको २४ मात्रै)को नाम सूचीबाट हटाइएको हो।
सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टीबाट प्रदेश र प्रतिनिधिसभातर्फका २८ जनाको नाम बन्द सूचीबाट हटाइएको छ। सत्ता गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग चुनावी तालमेल गरेको जसपाका प्रतिनिधिसभाबाट १० र प्रदेशतर्फका १८ जनाको नाम बन्द सूचीबाट हटाइएको हो।
प्रतिनिधिसभाबाट नाम हटाइएकाहरूमा उर्मिलादेवी महतो, मनुमाया मोक्तान, राजुबहादुर भाम, सर्पराज शाही, तुलसी गुरुङ, फूलमतीदेवी महतो, निलमकुमारी चौधरी, दिना लामा, सुरेश चौधरी र खेमजंग गुरुङ रहेका छन्।
प्रदेशसभातर्फ लक्ष्मी थापा, सुनिता दुलाल, सुन्तली तामाङ, लालबहादुर बुढाथोकी, आस्मा कार्की‚ ईश्वरकुमार राउत, आङ पेमा शेर्पा, लिलीकुमारी चौधरी, जितमान गुरुङ, काले शेर्पा पिनासा, यमुना गुरागाईं, सुनिता देवी, सन्तुमाया क्षेत्री, देवबहादुर परियार, सहाना थापा, भीमबहादुर मग्रांती, सीमादेवी सेवा र गंगाकुमारी चौधरी रहेका छन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved