माघमा भित्र्याइएकी दुलही लैङ्गिक अल्पसंख्यक परेपछि…

  • असार १०, २०८० | ४३१ पटक पढिएको | सीमा संदेश
alt

 उदयपुरको बेलका नगरपालिका– ६ का नम्बर राई वैदेशिक रोजगारीका लागि मलेसियामा हुँदा करिब दुई वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा शर्मिला राई नाम गरेकी युवतीसँग चिनजान भयो । चिनजानपछि उनीहरुको सम्पर्क बढ्यो । विस्तारै प्रेम सम्बन्धमा जोडिए ।

शर्मिलाले बिरामी छु भनेपछि मलेसियाबाट उनले उपचारका लागि पैसा पनि पठाए । विवाह गर्ने सहमतिपछि उपचारका लागि उनले पैसा पठाएका थिए ।

नम्बर राई गत मंसिरमा मलेसियाबाट घर फर्किए । माघमा भतिजको छेवर (कपाल काट्ने कर्म) गर्ने भएपछि उनलाई निम्तो गरे । भोजपुर घर बताउने राई नम्बरको घरमा आइन् । छोराले बुहारी ल्यायो भन्दै घरमा आफन्तले रित पुर्‍याएर विवाह गरेर घरमा भित्र्याए । गाउँलेका लागि विवाह भोज पनि आयोजना गरे ।

माघमा विवाह गरेकी दुलही शर्मिला महिला नभएको थाहा पाएपछि आफन्तसँगै स्थानीय बासिन्दा अचम्ममा परेका छन् ।

‘मेरो वडामा नौलो घटना घटेको छ’ बेलका ६ का वडा अध्यक्ष बसन्तकुमार मगरले भने, ‘बेहुली भनेको मान्छे ठगी गर्ने केटा परेछ ।’

विदेशबाट उपचारका लागि पटक पटक गरेर १ लाख ९५ हजार भन्दा बढी पैसा पठाइदिएको नम्बरलाई उद्धृत गर्दै मगरले बताए ।

गाउँमा पुरुष भएको हल्ला फैलिएपछि पालिकामा पनि छलफल भएको थियो । पालिकामा छलफल हुँदा नम्बरले आफ्नो श्रीमती महिला नभएको थाहा पाए ।

‘गाउँमा कुरा उठेपछि हामीले प्रहरीमा लैजान खोज्यौं, मानिनन्’ वडा अध्यक्ष मगरले भने,‘गाउँका युवाले प्रहरी कार्यालयमा लैजाँदै गर्दा आफू पुरुष भएको बताइन् ।’

अध्यक्ष मगरका अनुसार शर्मिला भनेर नम्बरसँग विवाह गरेका ३१ वर्षीय युवकको नाम राजु राई हो । उनी भोजपुरको रामप्रसाद राई गाउँपालिका– ८ का स्थायी बासिन्दा हुन् ।

नम्बर सोझो भएका कारण युवती बनेर विवाह गरेको देखिएको उनले बताए । ‘शारीरिक सम्बन्ध राख्न मानेका रहेनछन्, बिहेको रित पुगेपछि मात्रै सम्पर्क राख्ने भनेको रहेछ, रित पुर्‍याउन जाउँ भन्दा पछि जाने भनेको रहेछ’ वडा अध्यक्ष मगरले भने, ‘घर गाउँलेले थाहा पाएपछि विषय बाहिर आयो ।’

प्रेम गरेर विवाह गरेकी श्रीमती महिला नभएको थाहा पाएपछि नम्बरले पालिकामा उजुरी गरेका थिए । पालिकामा यो विषयमा छलफल गरेको उपप्रमुख जीरा राईले जानकारी दिइन् । ‘निवेदन आएपछि हामीले श्रीमान् श्रीमतीलाई छलफलका लागि बोलायौं, छलफलमा श्रीमतीले आफू महिला नभएको स्वीकारे’ उनले भनिन्, ‘त्यसपछि प्रहरीलाई बोलाएर जिम्मा लगायौं ।’

उनका अनुसार विवाह पछि नम्बरले आफूलाई घर बाहिर जान नदिने, गए झगडा गर्ने, श्रीमान् श्रीमतीबीच हुने सम्बन्ध राख्न पनि नमानेको गुनासो गरेका थिए ।

‘बिहे भएको ५–६ महिना पछि विषय बाहिर आयो’ उनले भनिन्, ‘राजुको पनि श्रीमती छन् भन्ने कुरा आएको छ, तर पुष्टि भइसकेको छैन ।’

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाल नम्बर राईसँग विवाह गर्ने व्यक्ति लैङ्गिक अल्पसंख्यक रहेको बताउँछन् ।

प्रहरीमा उजुरी आएपछि दुवै पक्षलाई बोलाएर छलफल गरेको बताउँदै उनले शर्मिला भनिने राजु लैङ्गिक अल्पसंख्यक रहेको बताए । विवाहकै विषयमा मुद्दा चलाउन नमिल्ने भएका कारण उनलाई आफन्तको जिम्मा लगाएको बताउँदै फुयालले ठगीको उजुरी आए कारबाही प्रक्रिया अगाडि बढाउने बताए । उनले ती व्यक्तिको स्वास्थ्य अवस्था पनि कमजोर रहेको बताए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब