आजको मौसमः देशभर पानी पर्ने, तराईमा हावाहुरी चल्ने

  • असार ११, २०८० | ४३८ पटक पढिएको | सीमा संदेश
alt

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै भू भागहरू र बाँकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना छ।

राति भने कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भागमा सामान्य बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका धेरै भागहरू र बाँकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने देखिन्छ।

बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं

बलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश ...

आज तर अष्टमीकै विधि गरिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्र ...

अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार : अमेरिकी

बलिउडका चर्चित अभिनेता टाइगर श्राफ लक्षित गरी मुम्बईको ...

कात्तिक २ गते सोमबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक २ गते । सोमबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब