विवादित भारतीय बागेश्वर बाबालाई सरकारको विशिष्ट सुरक्षा र सम्मान, भोलि प्रधानमन्त्रीले भेट्ने

  • भदौ १, २०८० | ५०५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । जातीय छुवाछुतको सार्वजनिक अभ्यास गर्ने विवादित भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ नेपाल आएका छन् । २५ जनाको दलबलसहित आएका बाबालाई सरकारले उच्चस्तरको सुरक्षा र सम्मान दिएको छ ।

शास्त्रीको दलबलमा रहेकामध्ये १२ जना हवाइमार्गबाट र १३ जना स्थलमार्गबाट नेपाल आएका हुन् । एयरपोर्टको भीभीआइपी कक्ष प्रयोग गरेका शास्त्रीलाई एक मोटरसाइकल र एउटा गाडीको स्कर्टिङसहित होटल भिभान्ता पुर्याइएको थियो । त्यहाँ केहीबेर बिताएर उनी पशुपतिनाथ मन्दिर पुगे ।

पशुपतिनाथ मन्दिरमा बागेश्वरलाई हेर्न थाम्नै नसक्ने भीड लागेको थियो । तीज र शिवरात्रीमा जस्तै हजारौं मानिसहरु भेला भएका थिए । शास्त्री पशुपति मन्दिरभित्रको आरतीमा सहभागी भए । पशुपति विकास कोषले उनको स्वागतमा सवा करोड बत्ति बालेको थियो । त्यहाँबाट फर्केर होटल आएका शास्त्रीले आजको डिनर भने विनोद चौधरीको निजी निवासमा गर्दैछन् । शास्त्रीसहित सीमित व्यक्तिहरुलाई चौधरी निवासमा डाकिएको छ ।

शास्त्रीले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम तय भएको छ । बिहान ९ बजे प्रधानमन्त्रीलाई भेटेपश्चात उनी शास्वतधामतिर लाग्नेछन् । शास्त्री राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्न चाहन्थे । तर, राष्ट्रपतिले समय नदिएको स्रोतले बतायो ।
 

‘अलिअलि ज्वरो आएको भनेर भेट्न नसक्ने सन्देश पठाउनुभएको छ’, स्रोतले भन्यो । यद्यपी, मिडियामा धेरै विवाद भएकाले राष्ट्रपतिले भेट्न नचाहेको हुन सक्ने स्रोतको अनुमान छ ।

सरकारले शास्त्रीलाई भारतको ‘वाइ सेक्युरिटी’ स्तरमा सुरक्षा प्रदान गरेको छ । प्रहरी प्रधान कार्यालयले नै सुरक्षा समन्वय गरिरहेको स्रोतले बतायो ।

‘एक जना हतियारधारी पीएसओ, स्कर्टिङमा एक मोटरसाइकल र सातजना प्रहरी उहाँको व्यक्तिगत सुरक्षामा खटाइएको छ’, स्रोतले भन्यो ।

शास्वत धाममा शास्त्रीले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ । त्यहाँ दैनिक १५ हजारको उपस्थिति रहने अनुमान गरिएको इभेन्ट म्यानेजमेन्टको जिम्मा लिएका दिनेश डीसीले बनाए । डीसीका अनुसार आठ हजारवटा टिकट अनलाइनबाट बुक भइसकेको छ । बाँकी टिकट ‘अफलाइन’ बाट बाँडिने छ । टिकटका लागि शुल्क भने लाग्दैन ।

शास्वत धाममा तीन दिन प्रवचनपश्चात शास्त्री मेघौली जाने कार्यक्रम पनि तय भएको छ । आफ्नो टोलीका सबैलाई भारत फर्काएर उनी मेघौली जानेछन् । मेघौलीमा पीएसओ, बरुण चौधरी र दिनेश डिसीसँग उनले २४ घन्टा बिताउने बताइएको छ । शास्त्री ६ गते भारत फर्किने कार्यक्रम छ ।

भारतमा सार्वजनिक कार्यक्रममा नै दलितहरुलाई छुवाछुत गरेको विषयमा शास्त्री आलोचित रहँदै आएका छन् । उनले दलितलाई ‘अछुत’ भन्दै खुट्टा ढोग्न नदिएको भिडिओसमेत सार्वजनिक भएको छ । उनका केही अभिव्यक्तिहरु पनि विवादास्पद छन् ।

शास्त्रीलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो । उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्च चौधरी ग्रुपले व्यहोर्ने छ । स्रोतका अनुसार शास्त्रीले पारिश्रमिक भने लिएका छैनन् ।

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब