जानकी मन्दिरमा ६२ वर्षदेखि ‘अखण्ड सीताराम भजन’ जारी

  • कार्तिक ३, २०८० | ३१४ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । ‘सीताराम, सीताराम, जय सीताराम…’ । धनुषाको जकपुरधाममा अवस्थित विश्व प्रसिद्ध जानकी मन्दिर भित्र प्रवेश गरेपछि मूल मन्दिरको उत्तर छेउबाट यो जपको मधुर आवाज सुनिइरहन्छ । उत्तरतर्फ नियाल्दासाधुसन्तले ढोलक र हारमोनियमको तालमा ‘सीताराम’ भजन गाइरहेको देख्न सकिन्छ ।

सीताराम भजन एक क्षण नबिराई निरन्तर ६२ वर्षदेखि भइरहेको स्थानीय साधुसन्तहरु बताउँछन् । त्यसैले यो भजन कीर्तनलाई ‘आजन्म खण्ड, श्री सीताराम महायज्ञ’ नाम दिइएको छ।

यो कुरा भजन भइरहेको अघिल्लोतिर भित्तामा झुण्याइएको बोर्डमा पनि उल्लेख छ । बोर्डमा सन् १९६१ विक्रम सम्वत २०१८ सालदेखि अखण्ड भजन सुरु भएको पनि उल्लेख छ ।

तत्कालीन जानकी मन्दिरका महन्त रामशरण दासले सीताराम भजन २०१८ वैशाख १ गतेदेखि सुरु गरेका थिए । त्यसै बेलादेखि निरन्तर चौबिसै घण्टा भजनकीर्तिन चलिरहेको मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन् ।

सीताराम भजन विभिन्न टोली बनाएर पालैपालो गाइन्छ । भजनमा खासगरी ५० कटेका साधुसन्तको टोली छ । अहिले १२ जना साधुसन्तको छुट्टाछुट्टै ४ वटा टोली रहेको भजनमा सहभागी सन्त सर्लाहीको ईश्वरपुर नगरपालिका बैलबासका ५७ वर्षीय रामएकवाल चौधरी बताउँछन् ।

‘म चार वर्षदेखि यो भजनमा सहभागी छु । हामी १२ जनाको ४ टोली छ । हाम्रो पालो ३ घण्टा दिउँसो र ३ घण्टा राति हो,’ उनी भन्छन्, ‘सीताराम भजनकीर्तनले आत्मालाई शान्ति अनुभूति हुन्छ ।’

रामनाम जपलाई सबैले आ–आफ्नो तरिकाले व्याख्या विश्लेषण गर्दछन् । कसैले व्यक्तिगत कल्याण चाहे पनि संसारका सबै प्राणीको कल्याण यस अखण्ड सीताराम भजन यज्ञको मूल उद्देश्य रहेको महोत्तरीको भंगहा नगरपालिका ४, रामनगर विर्ताका सन्त देवसुन्दर महतोको भनाइ छ ।

आफ्नो बाँकी जीवन यसमै अर्पण गर्ने बताउँदै महतो भन्छन्, ‘संसारको कल्याणकै लागि यो कीर्तन चलिरहेको छ । सबैको कल्याण होस् भन्ने यो अखण्ड सीताराम भजनको उद्देश्य हो ।’

सीताराम भजनको बेग्लै सांस्कृतिक महत्व र मौलिकता छ । यसले जानकी मन्दिरको गरिमालाई झन् बढाएको छ । अखण्ड सीताराम भजन विश्वमा आफ्नो फरक पहिचान कायम गर्न सफल अनौठो कृति भएको बाल्यकालदेखि निरन्तर जानकी मन्दिरमा पूजाअर्चना गर्न आउने ५७ वर्षीय प्रमोदानन्द झा बताउँछन् ।

‘म दिनहुँ दर्शन पूजाअर्चना गर्न आउने गर्छु । बाल्यकालदेखि अनवरत रुपमा चौबिसै घण्टा सीताराम भजन गाइरहेको देख्छु । मलाई लाग्छ यो विश्वकै अनौठो कृति हो,’ रामायणमा उल्लेख पंक्ति वाचन गर्दै उनी भन्छन्, ‘यो संसाररुपी भवसागर पार गर्न रामरुपी गंगामा स्नान गर्नैपर्छ । त्यसैले सीताराम भजन अखण्ड कीर्तन चल्दै आइरहेको छ, निरन्तर चलिनै रहन्छ ।’

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब