छठ पर्वका लागि भीक्षाटन गर्नेको संख्यामा वृद्धि

  • मंसिर २, २०८० | ३५० पटक पढिएको | सीमा संदेश
alt

आराध्य देव सूर्यको आराधना गरी मनाइने छठ पर्वका लागि भीख माग्नेको संख्या सिरहा सदरमुकाम, गोलबजार र लहान बजार लगायतको मधेशका राजधानी जनकपुरधाममा अत्यधिक देखिएको छ । हातमा कनसुतली, डाला र सुपा लिएर भीख माग्नेहरूको क्रम यहाँ वर्षेनि बढ्दै गएको देखिएको छ ।

यसरी भीख मागेर छठ पर्व मनाउने क्रममा कोही सनातन परम्परा निर्वाह गरिरहेका छन् भने कोही आफ्नो पेशालाई निरन्तरता दिँदै आएका बुझिएको छ ।

छठ पर्व कबुला ( भाकल ) गरे अनुसार गर्ने चलन रहेको छ । भाकल नगरी यो पर्व गरिदैन । मिथिलाञ्चलमा भाकल पनि अनेक प्रकारले गर्ने गरिएको पाइन्छ । कोही भीख मांगेर पनि गर्ने , कोही अभावग्रस्त भएमा भीख मांगेर गर्ने, कोही परम्परागत रूपले भीख मांगेर छठ पर्व मनाउने गरेका छन् । त्यस्तै भाकल अनुसार कोही अरूको हातबाट अर्घदान, कोही आफै व्रत गर्ने, एउटा अर्घ अर्पण देखि जोडा अर्घ अर्पण गर्ने गरेको पनि देखिन्छ । यस अन्तर्गत कोसिया, कुरबार, ढक्कीलगायतका सबैथोक दुई÷दुई प्रति चाहिने हुन्छ ।

यस्तै हात्तीमाथि अर्घ अर्पण, आँगनमा तथा घाटमा आँचलमाथि नटुआ नाच गराउने, बाजा बजाएर अर्घदान गर्ने भाकल गर्ने गरिएको पनि पाइन्छ ।

यसै गरी साधारणतः अर्घ दिने, पानीमा उभिने, घरदेखि घाटसम्म दण्ड दिँदै जानेतथा पानीमा उभिने जस्ता भाकलसमेत गरिएको देखिन्छ । यस्ता भाकल एक वर्षका लागि भनेर गर्नुका साथै पाँच वर्ष, दश वर्ष अथवा आजीवनसमेतका लागि गरिने चलन रहेको छ । जनकपुरधाममा भीख मागेर छठ पर्व मनाउने पुरानो परम्परा हो ।

यहाँका प्रतिष्ठित जैन परिवारदेखि ठूला व्यावसायिक घरानाले पनि भीख मागेर छठ मान्ने गरेको देखिएको छ । कुनै– कुनै परिवारमा प्रसाद माग्ने परम्परा पनि रहेको छ । हुने खानेहरू आफ्ना छिमेकका पाँच वा सात परिवारमा भीक्षाटन गरेर पूजा गर्ने चलनसमेत पाइन्छ । भीख मागेर छठ पर्व मनाउने अथवा प्रसाद माग्ने परम्परा कुनै–कुनै परिवारमा पुस्तैनी रहेको बताइन्छ । कुनै– कुनै परिवारले लक्षित फल प्राप्तिका लागि भाकल गरेर पनि यो परम्परा बसाल्ने गरेका छन् । यद्यपि गरिबहरू पनि छठ पर्व पर्वबाट वञ्चित नहोउन भनी भीक्षाटन गरी छठ व्रत गर्ने परम्परालाई मगन्तेले बदनाम गर्न थालेको पनि देखिएको छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब