अभियुक्तलाई पक्राउ गर्न तीन राउन्ड गोली प्रहार

  • मंसिर २, २०८० | २८७ पटक पढिएको | सीमा संदेश
alt

अभियुक्तलाई पक्राउ गर्न बाँके प्रहरीले तीन राउन्ड गोली चलाएको छ । कोहलपुर नगरपालिका– १२ चप्परगौडीका २९ वर्षीय मीनबहादुर विकलाई धारिलो हतियार प्रहार गरी फरार रहेका बैजनाथ गाउँपालिका घर भई हाल कोहलपुर नगरपालिका– ११ बस्दै आएका आकाशजंग रानालाई नियन्त्रणमा लिन बाँके प्रहरीले गोली चलाएको हो । 

जानकी गाउँपालिका– ४ मा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा उनीमाथि तीन राउन्ड गोली प्रहार गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । तीन राउन्ड गोलीमध्ये एउटा गोली रानाको दायाँ खुट्टाको तिघ्रामा लागेको डाँगीले बताए । घाइते रानाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

डिएसपी डाँगीका अनुसार पक्राउ परेका रानासहितको समूहले ३० कात्तिक बिहान विकलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । विकको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएको छ । 

रानाले २८ कात्तिकमा कोहलपुर नगरपालिका– ११ मा एक महिलालाई बलात्कार प्रयास गरेको उजुरीसमेत परेको प्रहरीले जनाएको छ । उनी लागुऔषध मुद्दामा पाँच वर्ष जेल बसेका थिए ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब