सिरहाको जेलभित्रै कैदीसँग लभ काण्ड, महिलाको लाईन मागेपछि कुटाकुट, २ कैदी गम्भिर !

  • पुस २०, २०८० | ४८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  सिरहा जिल्लास्थित रहेको कारागारमा महिलासँगको प्रेम काण्डले दुई कैदी गम्भिर घाईते भएका छन् । 

जेलभित्रै बस्दै आएका केही कैदीहरुले सोही जेलभित्रै छुट्टै सेलमा बस्दै आएकी एक महिलासँग परेको प्रेम सम्बन्धको कारण दुई कैदी गम्भिर घाईते भएका छन् ।

आरोपित कैदीहरुले जेलको ग्रीलमा लातैलातले हान्न थालेपछि जेलका नाईकेले उनीहरुलाई रोक्न खोज्दा कुटाकुट भएको सिरहाका जेलर कैलाश ठाकुरले जनाएका छन् । 

जेल सजाय काटिरहेका सुनिल कुमार यादवसहित अन्य जनालाई चोट लागेको जेलर ठाकुरले जनाएका छन् । सो क्रममा कैदी राजन पासवान, सपही हुसैन र सुनिल यादवले जेलमै जबरदस्ती गर्न थालेपछि उनीहरुमाथि चार्ज गरिएको बताईएको छ । 

सोही क्रममा सुनिल र अन्य एक जनालाई गम्भिर चोट लागेको हो । सुनिल सबैभन्दा बढी गम्भीर छन् । उनलाई ३२ वटा टाका लागेको छ । हाल उनको बिराटनगरमा उपचार भइरहेको छ । अन्य २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ ।

एक महिला कैदीसँग परेको प्रेम सम्बन्धपछि जेलर ठाकुरसँग कैदी सुनिल यादवले प्रेमिकासँग भेट गर्न पाउनुपर्ने दबाब दिदै गेट भाँच्न थालेपछि नियन्त्रण गर्न लाठी चार्ज गरिएको बताईएको छ । 

जेलमा समेत राजनीति चलेको भन्दै सिरहाकै एक पालिका प्रमुखले यसलाई अतरँजीत गरेको बताईएको छ । जेलर ठाकुरका अनुसार, पुरानो रिसबई साध्न एक मेयरले झुठा विवरणको समाचार बनाएर अफवाह फैलाएको बताए । 

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब