२०२४ मा कस्तो हुनेछ संसार ? सय वर्षअघि पत्रिकाले गरेको थियो यस्तो भविष्यवाणी

  • माघ १३, २०८० | ३७१ पटक पढिएको | सीमा संदेश
alt

आउने दिनको बारेमा भविष्यवाणी सधै नै भैरहेको हुन्छ । त्यसमा केही सत्य हुन्छन् त केही हुँदैनन् । त्यस्तै भविष्यवाणी आजभन्दा १०० वर्ष पहिले अर्थात सन् १९२४ मा पनि गरिएको थियो । अनि त्यो भविष्यवाणी त्यसको सय वर्षपछि अर्थात् सन् २०२४ मा विश्व कस्तो हुनेछ र मानिसहरुको जीवन कस्तो हुनेछ भन्ने बारेमा थियो ।

एक पत्रिकामा लेखिएको उक्त भविष्यवाणी अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । पत्रिकाको उक्त क्लिपिंगलाई सुरुमा क्यानडाको क्यालगरी विश्वविद्यालयका शोधकर्ता पल फेयरीले सोसल मिडिया प्लाटर्फम एक्समा शेयर गरेका थिए ।

मिरर युकेमा प्रकाशित भएको समाचार अनुसार सो भविष्यवाणीमा सन् २०२४ मा विश्वमा घोडाको संख्या निकै कम हुने र त्यसको साटो गाडीहरुको संख्या कैयन् गुणाले बढ्ने दाबी गरिएको थियो ।

त्यस्तै एउटा क्लिपिंगमा रेडियोको बारेमा पनि लेखिएको छ । जस अनुसार सन् २०२४ मा अमेरिकी मानिसहरु रेडियोका कारण हाँस्नेछन् । वास्तवमा आज रेडियोको स्थान पडकास्टले लिइरहेको छ र यो तीव्ररुपमा लोकप्रिय बनिरहको छ ।

सो भविष्यवाणीमा मानिसहरुको औसत आयुमा पनि वृद्धि हुने बताइएको छ । तर, एउटा अर्को रोचक दाबीचाहिं के गरिएको छ भने मानिसहरुको औसत आयु १०० वर्षसम्म हुनेछ र ७५ वर्षका मानिसहरुलाई त युवा नै मानिनेछ ।

त्यो आलेखमा सन् २०२४ मा १०० तलासम्मका अपार्टमेन्ट हुने, पारिवारिक तस्वीरका एल्बमको साटो भिडियो बन्ने पनि भविष्यवाणी गरिएको छ ।

त्यस्तै फिल्मले विश्वमा शान्ति लिएर आउने, मानिसहरुबीच भाइचारा स्थापित गर्ने दाबी गरिएको छ । सन् २०२४ मा मानिसहरु एक ग्रहबाट अर्को ग्रहमा सजिलैसँग जान पाउने र मानिसहरुले उड्ने खालका कपडा लाउने भविष्यवाणी पनि त्यसमा गरिएको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब